कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सुर्खेत – सुर्खेत जिल्ला अदालतमा आर्थिक वर्ष २०७४/०७५ मा ४ सय १ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भए । आर्थिक वर्ष २०७५/०७६ मा त्यो संख्या बढेर ५ सय ५० पुग्यो । चालू आर्थिक वर्षको १ महिना २४ दिनमा ७८ वटा मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता हुने क्रम बढ्दै गएको छ ।
जिल्ला अदालत सुर्खेतमा सम्बन्धविच्छेदमा पुरुषका मुद्दा पनि बढ्दै गएका छन् । नयाँ मुलुकी ऐन आएको १ वर्षमा साउनमा २ जना, भदौमा १८ जना, असोजमा ११ जना, कात्तिकमा ११ जना, मंसिरमा १२ जना, पुसमा ८ जना, माघमा १६ जना, फागुनमा ११ जना, चैतमा ३ र वैशाखमा १२ जना पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर गरेका अदालतको तथ्यांक छ ।
चालू आर्थिक वर्षको भदौ २५ गतेसम्म अदालतमा ७८ वटा मुद्दा दर्ता भएका छन् । साउनमा ४१ महिला तथा १६ जना पुरुषले मुद्दा दायर गरेको अदालतका रजिस्ट्रार भूपाल भण्डारी बताउँछन् ।
महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गर्ने क्रममा पनि बढोत्तरी भएको छ । गत वर्षको साउनमा ३४ जना, भदौमा २२ जना, असोजमा २१ जना, कात्तिकमा २८ जना, मंसिरमा २६ जना, पुसमा ३१ जना, माघमा २९ जना, फागुनमा ३६ जना, चैतमा ३१ र वैशाखमा २९ जना महिलाले अदालतमा सम्बन्धविच्छेदका लागि मुद्दा दिएका हुन् ।
सम्बन्धविच्छेद के कारण हुन्छ ?
अदालतका रजिष्ट्रार भण्डारीले पन्ध्र वटा कारणले सम्बन्धविच्छेदका घटना बढने गरेको बताउँछन् । उनका अनुसार वैदेशिक रोजगारी पहिलो कारण बन्न पुगेको छ । अन्तरजातीय विवाह, कम उमेरमा विवाह, बहुविवाह, अनमेल विवाह र प्रेम विवाह पनि सम्बन्धविच्छेदको कारक बनेका छन् । यस्तै श्रीमान-श्रीमतीबीचको बेमेल, असमझदारी, उपेक्षा र हिंसा, कागजी विवाह, महिलाको चेतनास्तरमा वृद्धि पनि सम्बन्धविच्छेदको कारकको रूपमा आएको उनको भनाइ छ ।
यस्तै समान असितत्व नस्वीकार्ने प्रवृत्ति, आत्मनिर्भरतामा वृद्धि, महिला सशक्तिकरण, अधिकारकर्मी महिलाको उचाल्ने प्रवृत्ति, गरीबी तथा सम्पत्ति, रोग, निःसन्तान, घर परिवारप्रतिको दायित्व र जिम्मेवारी बहन नगर्नु, सामाजिक सञ्जालको दुरुपयोग, शंका, बेरोजगार, लागूपदार्थ दूर्व्यसन पनि सम्बन्धविच्छेदको कारण बनेको उनको भनाइ छ ।
सम्बन्धविच्छेदका नकारात्मक परिणाम के हुन् ?
सम्बन्धविच्छेदले श्रीमान र श्रीमतीलाई स्वतन्त्र बनाएपनि सबैभन्दा बढी समस्या बालबालिका तथा ज्येष्ठ नागरिकलाई पर्ने गरेको छ । जसले गर्दा बालबालिकालाई सडकमा आउनुपर्ने अवस्था सिर्जना भइरहेको छ भने अर्कोतर्फ ज्येष्ठ नागरिकले वृद्धाश्रमको बाटो ताक्नुपर्ने परिस्थिति सिर्जना भएको छ । सामाजिक आर्थिक रूपमा आतमनिर्भर महिला आत्मसम्मान र स्वतन्त्रताको नाउँमा सामान्य वादविवाद र घर-झगडामा पनि सम्बन्धविच्छेदको बाटो रोज्ने गरेको रजिष्ट्रार भण्डारीको भनाइ छ ।
‘सम्बन्धविच्छेदले पारिवारिक विचलन बढाएको, बालबालिका भएका अधिकांश महिलाले सम्बन्धविच्छेदपछि तत्कालका लागि राहत पाएको महसूस गरेपनि दीर्घकालीन रूपमा समाज र परिवारमा धेरै कठिनाइको सामना गर्नुपरेको छ,’ उनले भने, ‘विवाह गरिसकेका महिलालाई माइतीले पनि कमै सरोकार राख्ने र सामाजिक संरचनाले सम्बन्धविच्छेद भएको पुरुषलाई सहजै स्वीकार गरेपनि महिलालाई सहज रूपमा स्वीकार्ने संस्कार नबसिसकेकाले सम्बन्धविच्छेद महिलाका लागि घर न घाटको अवस्थामा पुर्याउने गरेको छ ।’ उनले हत्या र आत्महत्याका घटनाहरू पनि सम्बन्धविच्छेदले बढाएको बताए ।
कसरी रोक्ने सम्बन्धविच्छेदलाई ?
सम्बन्धविच्छेदका घटनालाई रोक्न अभियान नै चलाउनुपर्ने अवस्था आइसकेको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल बताउँछिन् । ‘जबसम्म हामीले समाजमा सम्बन्धविच्छेदका समस्याबारे जानकारी दिन सक्दैनौं, यसले पार्ने प्रभावका बारेमा जनचेतना अभिवृद्धि गर्न सक्दैनौं तबसम्म यो सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा नै रहनेछन् ।’
उनी भन्छिन्, ‘यसका लागि सबै पक्षको सहकार्य हुन जरुरी छ । सम्बन्धविच्छेद मात्रै पनि समस्या समाधानको आधार हो जस्तो मलाई लाग्दैन ।’ उनले पारिवारिक रूपमा नगरमा आएका यस्ता विवादलाई सकेसम्म मिलाएरै लैजाने गरेको बताइन् । ‘हाम्रो काम घर फुटाउने नभए सकेसम्म जोड्ने हो,’ उनले भनिन्, ‘त्यसका लागि हामी कहाँ उजुरी आएको खण्डमा दुवै पक्षलाई राखेर सकेसम्म पारिवारिक एकता कायम रहिरहोस् र उनीहरूले पीडा नपाउन भन्नेमा हामी बढी ध्यान दिन्छौं । अधिकांश यस्ता विवाद न्यायिक समितिमार्फत हामीले समाधान गर्ने गरेका छौं ।’
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...