कांग्रेस सांसदको प्रश्न- लामखुट्टे मार्न नसक्ने सरकारले रेल र पानीजहाजको कुरा गर्ने ?

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक सांसदले दुईतिहाइको सरकारले लामखुट्टे समेत मार्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा कांग्रेस सांसद सुजाता परियारले डेंगुको संक्रमण फैलाउने लामखुट्टे मार्न नसक्ने सरकारबाट जनताले आश मारेको टिप्पणी गरेकी हुन् ।


Advertisement

‘मन्त्रीलाई राम्रो अस्पतालमा उपचार भएपनि सर्वसाधारणको उपचार गर्ने उपकरण नहुँदा अस्पतालमा उपचार हुन सकेको छैन, यसप्रति सरकार गम्भीर भएको देखिएको छैन,’ उनले भनिन्, ‘लामखुट्टे मार्न नसक्ने यो दुईतिहाइको सरकारले रेल र पानीजहाजको कुरा गर्न सुहाउँछ ?’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्