मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
काठमाडौं– मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा नेपालमा कर्मचारी भर्ना गर्दा स्वीट्जरल्याण्डको मोडल लागू गर्न एक सांसदले प्रस्ताव गरेका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा लोक सेवा विधेयकमाथि विरोधको सूचना राख्दै नेमकिपाका प्रेम सुवालले संघ, प्रदेश र स्थानीय तहमा स्वायत्त आयोग बनाउनु जरुरी रहेको र यसका लागि आवश्यक परे संविधान संशोधन समेत गर्नुपर्ने बताएका हुन् ।
‘संघीय निजामती सेवामा देशभरका नागरिक, प्रदेशमा प्रदेशभरिका नागरिक र स्थानीय तहमा स्थानीय तहका नागरिक भर्ना हुने व्यवस्था गर्न जरुरी छ, तत् तत् स्थानमा जनशक्ति उत्पादन नभएमा संघबाट प्रदेश र प्रदेशबाट स्थानीय तहमा जानसक्ने व्यवस्था गर्नुपर्छ,’ संसद्मा विरोधको सूचना पेश गर्दै सुवालले भने, ‘स्वीट्जरल्याण्डमा अध्ययन रोजगार, उद्योग व्यापारका लागि एउटा क्यान्टोनबाट अर्कोमा गएपनि काम सकिएपछि आफ्नै क्यान्टोनमा जानुपर्ने व्यवस्था छ । नेपालमा लोक सेवाको दरखास्त आह्वान गर्दा यही ढंगले आह्वान गर्नु जरुरी छ ।’
सांसद सुवालले तीनवटै तहको लोकसेवा आयोगलाई स्वायत्त बनाउन संविधान संशोधन गर्न परे त्यो पनि गर्नुपर्ने बताए । उनले नेपालमा कर्मचारी नयाँ वर्गको रूपमा विकास भइरहेको टिप्पणी गरे ।
‘कर्मचारीको कर्तव्य, शासक होइन जनताको सेवक हो, भ्रष्टाचार र कमिसनमुक्त समाज बनाउने कर्तव्य कर्मचारीको हो,’ सुवालले भने, ‘कर्मचारी नयाँ वर्गको रूपमा विकास भइरहेको छ । नेपालमा एउटा काम गरेर खाने, एउटा काम गर्नेलाई जोताएर खाने वर्ग थियो । कर्मचारी एउटा वर्गको रूपमा देखा परेको छ । माथिल्लो तहका कर्मचारी सभ्रान्त वर्गको रूपमा उदय हुँदैछ,’ उनले भने ।
प्रधानमन्त्रीको तर्फबाट कानून मन्त्री भानुभक्त ढकालले विरोधको सूचनामाथि जवाफ दिँदै कर्मचारी प्रशासनलाई पारदर्शी बनाउने कुरा विरोधभन्दा पनि सुझावको रूपमा लिएको बताए ।
बुधवार नै विधेयक संसद्मा टेबल भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...