कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार मथुरामा स्वच्छता नै सेवा हो नामक अभियान शुरू गरेका छन् ।
नदी, जलाशय र तलाउमा बस्ने प्राणीले प्लास्टिक निलेपछि बाँच्न गाह्रो हुने मोदीको भनाइ छ । त्यसैले एकपटक प्रयोग गरेर फालिने प्लास्टिकबाट छुटकारा पाउनुपर्ने उनको भनाइ छ ।
त्यसै अवसरमा मोदीले भने, ‘केही मानिसको कानमा ओम र गाई शब्द पर्नेबित्तिकै रौं ठाडो हुनु देशको दुर्भाग्य हो । यी शब्द उच्चारण गर्दा देश १६औं शताब्दीमा पुगेको उनीहरू ठान्छन् । प्राचीन ज्ञान अनि यस देशलाई बर्बाद गर्न उनीहरूले प्रयास गरिरहेका हुन्छन् ।’
मोदीले मथुरामा फोहर उठाउने महिलाहरूसँग भेटघाट गरे । मथुराका लागि एक हजार करोड भारुभन्दा बढीका योजनाहरूको शिलान्यास पनि उनले गरे ।
उनले पशु आरोग्य मेलाको पनि उद्घाटन गरे । मेलामा उनले किसानहरूसँग कुराकानी पनि गरे ।
मोदीले भने, ‘नयाँ जनादेशपछि भगवान् कृष्णको नगरीमा पहिलोपटक आउने सौभाग्य प्राप्त गरें । भारतसँग श्रीकृष्ण जस्तो प्रेरणाको स्रोत हुनुहुन्छ र उहाँको कल्पना वातावरणप्रेम विना अधुरो छ । यमुना भनिन् कालिन्दी अनि हरियो घाँस चरिरहेको धेनु । यी विना श्रीकृष्णको तस्वीर पूरा हुन्छ त ? दूध, दही, माखन विना बालगोपालको कल्पना कसैले गर्न सक्छ ? प्रकृति, पशुधन र वातावरण विना हाम्रा आराध्य जति अधुरो लाग्नुहुन्छ, त्यति नै अधुरोपन भारतमा पनि देखिनेछ । प्रकृतिको सन्तुलन बनाएर मात्र हामी नयाँ भारततर्फ अघि बढ्नेछौं ।’
एजेन्सी
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...