लोकसेवा आयोग विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभामा लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत भएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।


Advertisement

यसअघि  उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुँदा सभाले अस्वीकार गरेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार अपराह्न १ बजे बस्नेछ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्