कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
जाजरकोट – मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधी बनाएर जिल्लाको नलगाड नगरपालिकाले मदिरा नियन्त्रण शुरू गरेको छ ।
नगरपालिका भित्रका सबै वडामा अवैध रुपमा मदिरा सेवन गर्ने तथा बिक्रीवितरण गर्नेलाई १० हजार रुपैयाँ जरिवाना गर्ने कार्यविधिमा उल्लेख छ ।
एकै व्यक्तिले पटक–पटक मदिरा सेवन तथा बिक्री गरेमा दुवैलाई जरिवाना हुने कार्यविधिमा उल्लेख छ । मदिरा सेवन गरेर होहल्ला गर्नेलाई पहिलो पटक १ हजार रुपैयाँ, धेरै पटक गरेमा ५ हजार रुपैयाँ जरिवाना गर्ने कार्यविधिमा उल्लेख छ ।
सहयोगी भएर मदिरा बिक्रीवितरण गर्न सहयोग गर्नेलाई समेत जरिवाना गरिने भएको छ । ईजाजत नलिएर मदिरा बिक्रीवितरण गरेमा पहिलो पटक ३ हजार र पटक–पटक गरेमा ५ हजार जरिवाना गरिने जनाएको छ । १८ वर्ष नपुगेको व्यक्तिले मदिरा सेवन तथा बिक्री गरेमा २ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ ।
सार्वजानिक पद धारण गरेको व्यक्तिले मदिरा सेवन गरेमा सर्वसाधारणभन्दा दोब्बर जरिवाना गरिने छ । मदिरा सेवन तथा बिक्रीवितरण गरेको सूचना दिनेलाई बिगो अर्थात सजायको १० प्रतिशत रकम बढाएर पुरस्कार दिइने कार्यविधिमा उल्लेख छ ।
मदिरा बिक्री वितरण गर्ने ईजाजत लिएको व्यक्तिले बिक्री गरेको परिमाण, लिने व्यक्तिको नाम, समय र मिति उल्लेख गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताए । हाल कार्यविधिमाथि स्थानीयको सल्लाह, सुझाव लिने काम भइरहेको उनले बताए ।
नगरपालिकाले नगरका सबै ठाउँमा कार्यविधि लगेर स्थानीयको सल्लाह, सुझाव लिने काम चलिरहेको नगर प्रमुख टेकबहादुर रावलले बताए । नगरपालिकाभित्र अनुमति नलिएका पसलले अनुमति लिएर मात्र काम गर्न आग्रह गरिएको छ ।
नगरपालिकाले साँझ ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवनका लागि समय छुट्याएको छ । मदिरा सेवन गर्नेबाट जरिवाना गरिएको रकम सामाजिक कार्यमा लगाइने समेत बताएको छ । मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधिमाथि छलफल गर्दै स्थानीयले कडाइका साथ लागू गरेर समृद्ध समाज निर्माणका लागि संकल्प गर्नुपर्ने उनले बताए ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...