बीआरआईमा प्रवेश गरेको केही समयमै नेपालले महत्त्वपूर्ण उपलब्धि हाँसिल गरिसक्यो : सांसद् चौधरी

काठमाडौं-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' सचेतक शान्ता चौधरीले बेल्ट एण्ड रोड इनिसियटिभ अथवा बीआरआईमा नेपाल प्रवेश गरेको केही समयमै नेपाल सरकारले धेरै महत्त्वपूर्ण उपलब्धीहरू हाँसिल गरेको दाबी गरेकी छन् । 

बुधवार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सचेतक चौधरीले अब देशलाई निकास दिनुपर्ने बताउँदै त्यसका लागि अध्ययन/अनुसन्धानमा विशेष प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराइन् ।  


Advertisement

'नेपाललाई दीर्घकालीन रूपमा विश्व जगतमा निकास दिने कुरामा नेपालले एउटा ऐतिहासिक फड्को मारेको छ,' उनले भनिन्, 'अबको समय भनेको जनताको जीवनस्तर उकास्ने खालका आर्थिक उपार्जन गर्ने कार्यक्रमहरू सहितका बृहत्तर भौतिक संरचनाहरू निर्माण गर्ने परियोजनाहरू निर्माण गर्दै दुई देशबीच आर्थिक कोरिडोरहरू निर्माण गर्ने तौल तरिका तथा मोडालिटीहरू तयार गर्ने बेला हो ।'

 


Advertisement

कमेन्ट गर्नुहोस्