यसरी पापड पोल्दा डढ्दैन, मीठो पनि हुन्छ

 खानासँग पापड पनि हुँदा स्वादै बेग्लै हुन्छ । तर पापड पोल्दा कहिलेकाहीँ डढिदिन्छ र स्वाद हराउँछ । यही समस्यालाई समाधान गर्नका लागि यहाँ हामी सही तरिकाले पापड पोल्न सिकाउँदैछौं । 

पापड सधैं मधुरो आगोमा पोल्नुस् । 


Advertisement

पापड अलिकति पनि नडढोस् भन्ने चाहनुहुन्छ भने चिम्टाले समातेर मधुरो आगोमा ओर्काइफर्काइ गर्नुस् । यसो गर्दा पापड डढ्दैन । 

तपाईंलाई पोलेको पापड मन पर्दैन भने एउटा प्यानमा एक चम्चा तेल हालेर तताउनुस् अनि पापड तार्नुस् । यसरी तारेको पापड मीठो हुन्छ ।


Advertisement

पापडमा हल्का पानी हालेर पोल्नुभयो भने पापड रोल बन्छ । त्यो झन् स्वादिलो हुन्छ । 

एजेन्सी

कमेन्ट गर्नुहोस्