सबै कामहरु पतिको सल्लाहबमोजिम : सोनम कपूर

काठमाडौं– बलीवुडकी चर्चित अभिनेत्री सोनम कपुर अहिले आफ्नो नयाँ चलचित्र ‘द जोया फेक्टर’का कारण चर्चामा छिन् ।

यस चलचित्रमा सोनम कपुर, दुलकर सलमान, अंगद बेदी र संजय कपूर मुख्य भूमिकामा छन् ।


Advertisement

सोनमले एक अन्तर्वातामा आफ्नो पतिका कारण आफू एकदमै भाग्यमानी भएको बताएकी छिन् । आफूले गर्ने सबै काम पतिकै सल्लाहमा गर्ने गरेको समेत उनले बताएकी छिन् ।

उनले आफ्नो बुबा अनिल कपूरको पनि तारीफ गरिन् । एजेन्सी 

कमेन्ट गर्नुहोस्