पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं–रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग माग्नुपर्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले प्रत्येक वर्ष आफूहरुले सहयोग रकमबाटै जात्रा सञ्चालन गर्दै आएको बताए।
उनका अनुसार यस वर्षको जात्रा सञ्चालनका लागि सरकारबाट रु १४ लाख र काठमाडौँ महानगरपालिकाबाट रु १० लाख गरी रु २४ लाख सहयोग भएको छ । गुठी संस्थानले जात्राका लागि आवश्यक केही सामग्री मात्रै सहयोग गर्छ भने अन्य खर्च समिति आफैँले व्यवस्थापन गर्दै आएको छ । इन्द्रजात्रामा वसन्तपुर क्षेत्रका २९ गुठीले सहकार्य गर्दै आएका छन् ।
इन्द्रजात्रा भदौ २४ गतेदेखि शुरु भएको छ । वसन्तपुर क्षेत्रको तल्लो टोल र माथिल्लो टोलमा आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ । तल्लो टोलअन्तर्गत वसन्तपुरदेखि देब्रेपट्टि तथा माथिल्लो टोलभित्र दाहिनेतर्फका सबैजसो टोल पर्छन् । वसन्तपुर र आसपास क्षेत्रका कुमारी, गणेश, भैरव, लाखे आज, हल चोक, आकाश भैरव, पुलुकिसी आज, लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोक विनायक, दागी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठी एक भएर इन्द्रजात्रा पर्व व्यवस्थापनमा जुटेका छन् ।
अध्यक्ष कोष स्थापना
सरकारले काठमाडौँ उपत्यकाको मुख्य जात्रामध्येमा पर्ने इन्द्रजात्रा व्यवस्थापनका लागि अक्षयकोषको स्थापना गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीनै तहको सरकारको सहभागिता रहने गरी रु पाँच करोडको कोष स्थापना गरेको जनाएको छ । मन्त्रालयले ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गरिएको जनाएको छ ।
विज्ञप्तिअनुसार अक्षयकोषमा रहेको जम्मा रकमको ब्याजबाट वर्षेनी हुने जात्राको खर्च व्यवस्थापन हुनेछ । इन्द्रजात्रालगायत उक्त अवसरमा सञ्चालन हुने जात्रापर्वको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को यही भदौ २२ गतेको बैठकले उक्त निर्णय गरेको थियो ।
उक्त कोषमा नेपाल सरकारबाट रु एक करोड ५० लाख, प्रदेश सरकार (३ नं) बाट रु एक करोड, कामपाबाट रु दुई करोड र गुठी संस्थानबाट रु ५० लाख सहयोग रहेको छ । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार छिट्टै इन्द्रजात्रा व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरिनेछ । उनका अनुसार यस वर्ष कोष स्थापना भएको र अर्को वर्षमा हुने जात्रा उक्त कोषको व्याज रकमबाटै व्यवस्थापन हुनेछ ।
उक्त कोषको सञ्चालन तथा व्यवस्थापनका लागि कामपा प्रमुखको अध्यक्षतामा समिति गठन गरिनेछ । समितिले प्रत्येक वर्ष इन्द्रजात्रामा हुने खर्चको बाँडफाँट गर्नेछ भने जात्राको सञ्चालन इन्द्रजात्रा व्यवस्थापन समितिले गर्नेछ । जात्रा सञ्चालनसम्बन्धी कार्यविधि भने कामपाबाट निर्धारण भएबमोजिम हुनेछ । अब रकम अभावले जात्रा सञ्चालन गर्न हुने समस्या समाधान हुनेछ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...