बहुप्रतिक्षित प्रिमियम एसयूभी 'टाटा एच फाइभ' सार्वजनिक

विराटनगर–नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ गोएल मोटर्स प्रा. लि. मार्फत विराटनगरमा सार्वजनिक गरेको छ ।

टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो ।


Advertisement

आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् । 

क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । 

भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको नेपाली बजारमा शुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकिएकाे छ ।

कमेन्ट गर्नुहोस्