मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
बागलुङ – आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उत्तरदायी बनाउन नेपाल जिल्लास्थित कम्युनिष्ट पार्टी (नेकपा)ले ‘जनतासँग जनप्रतिनिधि’ अभियान सञ्चालन गरेको छ ।
वडा तहमा पुगेर जनताका गुनासा सुन्न र विकास योजना तथा सेवा प्रवाहसम्बन्धी माग सुनवाइका लागि सघाउन थालेको सो अभियानले पार्टी, जनप्रतिनिधि र जनताबीच सम्बन्ध सुदृढ हुने विश्वाससमेत लिइएको छ ।
उक्त पार्टीको बागलुङ नगर समितिले बागलुङ नगरपालिका–१ मा पहिलो कार्यक्रम गरी अभियान शुरु गरेको थियो । नगरका १४ मध्ये सात वडामा कार्यक्रम सम्पन्न भइसकेको नगर समिति अध्यक्ष धनबहादुर परियारले बताए ।
'चुनावमा भोट माग्यौँ, आश्वासन बाँड्यौं, चुनाव भएको पनि दुई वर्ष बितिसक्यो तर जनतामा र गुनासा, आक्रोश बढिरहेको छ', उनले भने, 'जनप्रतिनिधिलाई जिम्मेवार र उत्तरदायी भएर जनताको सेवामा लाग्ने वातावरण बनाउन पार्टीले अभियानमार्फत सहजीकरण गरेको हो ।'
गाउँ नफर्केको, जनतालाई बिर्सेको, सुविधाभोगी भएको, चुनावी वाचाअनुसार काम नगरेको जस्ता आरोप जनप्रतिनिधिमाथि लाग्ने गरेको छ ।
जनताको पीर, मर्का बुझ्न र गुनासा सम्बोधनका लागि अभियान प्रभावकारी बनेको नेकपा जिल्ला सचिव ज्ञामनाथ गेरै ‘अनिल’ले बताए ।
बागलुङ नगरपालिकासँगै काठेखोला र बडिगाड गाउँपालिकामा पनि उक्त अभियान सञ्चालन भइरहेको उनको भनाइ थियो । जिल्लाका दशवटै स्थानीय तहमा अभियान सञ्चालन गर्ने नेकपाको तयारी छ ।
कार्यक्रममा सम्बन्धित पालिकाका प्रमुख र वडाका अध्यक्षले बजेट तथा अन्य कार्यक्रमबारे जानकारी गराउने र सहभागीबाट सुझाव तथा गुनासोे सुन्ने गरिएको छ ।
प्रदेश सांसद र सङ्घीय सांसद पनि जनतासँगको सवालजवाफमा भाग लिँदै आएका छन् ।
'सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहितको उपस्थितिमा कार्यक्रम गर्छौं', सचिव गैरेले भने, 'जनताको पनि उत्साहजनक सहभागिता छ ।'
विगतमा सम्पादन भएका कामको समीक्षा र भावी योजना निर्माणमा पनि कार्यक्रम सहयोगी बनेको जनप्रतिनिधिहरू बताउँछन् ।
'स्थानीय तहको काम, कारवाहीप्रति जनताको धारणा र गुनासा थाहा पाउने अवसर पनि बनेको छ', काठखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले भन्नुभयो, 'हामी सबैलाई आफ्नो जिम्मेवारीप्रति सचेत र उत्तरदायी बन्न यस अभियानले झक्झक्याएको छ ।'
पार्टीको प्रतिनिधित्व गर्दै चुनाव जितेका जनप्रतिनिधिलाई जनतासँग जोड्न अभियान फलदायी बनेको उहाँको भनाइ थियो । अभियानले पार्टीलाई पनि जनस्तरमा स्थापित गर्न सघाउ पुर्याउने नेकपाको जिकिर छ ।
उक्त अभियानमा जनताका गुनासा मात्र सुन्ने नभई समाधानका लागिसमेत पार्टीले पहल गर्ने सचिव गैरेले बताए ।
कार्यक्रममा बढीजसो सडक, खानेपानी, सार्वजनिक निकायबाट हुने सेवा प्रवाहको सुधारजस्ता विषयमा नागरिकले प्रश्न र गुनासा गर्ने गरेका छन् ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...