कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भदौ २६, २०७६
काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीलाई सवारीसाधनको उच्च भार पर्ने गरेको देखिएको छ ।
उपत्यकामा १ जना ट्राफिकलाई औसतमा ९ सय सवारीसाधन भागमा पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाको उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी तथ्यांकले देखाएको हो ।
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको दरबन्दी १ हजार ८४ छ । हाल कार्यरत १ हजार ३ सय ६८ जना ट्राफिक प्रहरी रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए ।
१ जना ट्राफिकलाई झण्डै १० किलोमिटर सडकको जिम्मा !
काठमाडौं उपत्यकामा १ जना ट्राफिक प्रहरीलाई ९.५ किलोमिटर सडक क्षेत्रको व्यवस्थापन हेर्नुपर्ने अवस्था रहेको महानगरीय प्रहरी महाशाखाको तथ्यांकले देखाउँछ । यसरी उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न निकै गाह्रो देखिने प्रमुख एसएसपी ढकालले लोकान्तरलाई बताए ।
उपत्यकामा १ लेनको ६ सय ६० किलोमिटर, २ लेनको २ सय ३९ किलोमिटर र ४ लेनको १ सय ९३ किलोमिटर गरी जम्मा २ हजार १४ किलोमिटर रहेको महाशाखाले जनाएको छ ।
९४ प्रतिशत सवारीसाधन निजी
देशभरमा असार मसान्तसम्ममा ३३ लाख २७ हजार १ सय ४८ वटा निजी सवारीसाधन दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांकले देखाउँछ । यो संख्या सम्पूर्ण सवारीसाधनको ९४ प्रतिशत हो । सार्वजनिक यातायात ४ प्रतिशत भएको विभागको तथ्यांकमा उल्लेख छ ।
हालसम्म देशभरमा ३५ लाख ३९ हजार ५ सय १९ वटा सवारीसाधन दर्ता भएको तथ्यांकले देखाउँछ । जसमध्ये ११ लाख ७२ हजार ४ सय १३ वटा सवारीसाधन काठमाडौं उपत्यकामा छन् । देशभर रहेका सवारीसाधनमध्ये ३० प्रतिशत उपत्यकामा रहेका छन् ।
‘ट्राफिक प्रहरी थप्दैनौं, लाइट थप्छौं’
काठमाडौं उपत्यकामा देखिएको सवारीसाधनको चापलाई नियन्त्रणका लागि ट्राफिक प्रहरी थप नगर्ने महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए ।
‘हामी ट्राफिक प्रहरी थप गर्नभन्दा पनि प्रविधिलाई प्रयोग गर्नेतर्फ लक्षित गर्दैछौं । हामीले स्मार्ट ट्राफिक प्रहरीको अवधारणा अघि सारेका छौं,’ प्रमुख ढकालले लोकान्तरसँग भने, ‘हामीले उपत्यकामा ट्राफिक व्यवस्थापन सीसीटीभीको माध्यमबाट पनि गरिरहेका छौं । सीसीटीभीबाट निगरानी गरेर ट्राफिक प्रहरीले नियमको उल्लंघन गरेका सवारीसाधनलाई कारवाहीको दायरामा ल्याएका छौं,’ एसएसपी ढकालले भने ।
काम नलाग्ने ‘ट्राफिक लाइट’
उपत्यकामा बानेश्वर, थापाथली, पुतलीसडक, नारायण गोपाल चोक, कोटेश्वर, भक्तपुरका विभिन्न स्थानमा गरी १४ वटा ठाउँमा ट्राफिक लाइट राखेको थियो । उपत्यकाका ३७ ठाउँमा युरोपजस्तै ट्राफिक लाइट राख्ने भनेर २०७३ पुसमा ट्राफिक प्रहरीले घोषणा गरेको थियो तर जोडिएका ट्राफिक लाइट देखाउने भाँडो मात्र भएका छन् ।
‘उपत्यका भित्रका सबै लाइटलाई एकआपसमा जोड्नुपर्ने भएकाले हामीले ती लाइटलाई व्यवस्थापन गर्न सकेका छैनौं,’ ट्राफिक प्रमुख एसएसपी ढकालले भने, ‘अझै अरु लाइटहरू थप्ने तयारीमा छौं । त्यसपछि राम्रोसँग सञ्चालनमा आउने छन् ।’
उपत्यकाका ट्राफिक टाइटलाई स्वचालित हुने गरी व्यवस्थापन गर्न लागिएको प्रमुख ढकालले बताए । ‘स्वचालित हुँदा धेरै जनशक्तिको आवश्यकता पर्दैन । ट्राफिक प्रहरीलाई सीसीटीभीको निगरानी गर्न लगाउँछौं,’ उनले भने ।
१ दिनमा १२ सय सवारी कारवाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले १ दिनमा १२ सय ५५ वटा सवारीसाधनलाई कारवाही गरेको छ । बुधवार मापसेका ६२ वटा, लेन अनुशासनमा १ सय ७ वटा, जेब्रा क्रसिङमा सवारीसाधन रोक्ने ४७ वटा, ट्रक टिप्पर १२ वटा, फूटपाथमा पार्किङ गर्ने ७९ वटा, हर्न बजाउने ४५ वटा ‘ह्विल लक’ तथा ‘चेन लक’ ७६ वटा, सीसीटीभी र सर्भिलियन्स क्यामेराबाट कारवाही ७६ वटा र अन्य कारवाही ७ सय ३७ वटा गरी १ हजार २ सय ५५ वटा सवारीसाधन कारवाहीमा परेका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...