×

NMB BANK
NIC ASIA

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

भदौ २६, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

काठमाडौं- सरकारले कर्तव्य पालनाको सिलसिलामा शहादत प्राप्त गरेका प्रहरी जवान संजिव राईलाई शहीद घोषणा गर्ने र निजको परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

Muktinath Bank

भदौ २२ गते आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई शहिद घोषणा गर्ने निर्णय गरेको बिहीवार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय :


Advertisment
Nabil box
Kumari

१. Food safety and Agriculture Commercialization Program का लागि एशियाली विकास बैंकबाट रू ५ अर्व ७५ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गर्ने निर्णय गरिएको छ ।

Vianet communication
Laxmi Bank

२. Rural Enterprise Financing Project का लागि एशियाली विकास बैंकबाट प्राप्त गर्ने ऋण सहायता रू ५ अर्व ७५ करोड सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गर्ने निर्णय गरिएको छ ।

३. आर्थिक वर्ष २०७६।०७७ का लागि एकल बिन्दु सेवा केन्द्रको २५ जना अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ ।

४. नेपाल सरकार, मन्त्रिपरिषद्को २०७५ चैत ११ को निर्णय बमोजिम गठित विराटनगर जुटमिल्स जाँचबुझ आयोगको म्याद २०७६ भदौ १७ देखि एक महिनाका लागि थप गरिएको छ । नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी साविककै संरचना र कार्यशर्त (TOR) लागू हुनेगरी म्याद थप गरिएको हो ।

५. ऊर्जा दक्षता तथा संरक्षण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिइएको छ ।

६. निम्न प्रयोजनका लागि विभिन्न श्रेणीका राजपत्रांकित पदहरूमा दरबन्दी स्वीकृत गरिएको छ–

क) ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मातहतको जलस्रोत तथा सिंचाइ विभाग अन्तर्गत सञ्चालन हुने आयोजना÷कार्यक्रमका लागि ३६० वटा

ख) सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि ५६ वटा र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३ वटा

ग) कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगत सञ्चालित आयोग÷परियोजना÷आयोजना÷ कार्यक्रमका लागि २७२ वटा

घ) कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगत सञ्चालित नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाका लागि १९ वटा

ङ) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतका विभिन्न परियोजना÷कार्यक्रमका लागि ५८ वटा

च) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत सञ्चालित आयोजनाहरूको लागि अधिकृतस्तरका ६५ वटा

७. कर्तव्य पालनाको सिलसिलामा शहादत प्राप्त गरेका प्रहरी जवान संजिव राईलाई शहीद घोषणा गर्ने र निजको परिवारलाई राहत स्वरूप रू. १० लाख उपलब्ध गराउने निर्णय गरिएको छ ।

८. नेपाल सरकार, मन्त्रिपरिषद्को २०७५ फागुन २८ को निर्णय बमोजिम गठित सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिना सम्बन्धी छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान व्यूरो (-CIB_ ) को छानविन समितिको म्याद २०७६ साउन २८ देखि २०७६ असोज २८ सम्म दुई महिना थप गर्ने निर्णय गरिएको छ ।

९. सार्वजनिक हितका लागि आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

१०. गोरखा, कञ्चनपुर, सर्लाही, रौतहट, धनकुटा, पाल्पा र काभे्रपलाञ्चोक गरी ७ जिल्लामा राजपत्रांकित प्रथम श्रेणी अधिकृतस्तरको प्रमुख जिल्ला अधिकारीको पद रहेकामा राजपत्रांकित प्रथम श्रेणी (नेपाल प्रशासन सेवा) को पदपूर्ति भएको अवस्थामा सोही बमोजिम हुने गरी हाललाई राजपत्रांकित द्वितिय श्रेणीको प्रमुख जिल्ला अधिकारीको पद कायम गर्ने निर्णय गरिएको छ ।

११. खाँदवारी–किमाथांका सडकको १४ कि.मि. चट्टानी खण्ड नेपाली सेनामार्फत गराउन स्वीकृति दिइएको छ ।

१२. राष्ट्रिय युवा परिषद्का लागि आर्थिक वर्ष ०७६÷७७ मा आवश्यक पर्ने १५ वटा राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी तेरिज स्वीकृत गरिएको छ ।

१३. निम्न प्रयोजनका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ–

क) शुभश्री अग्नि सिमेण्ट अद्योग प्रा.लि.लाई चूनढुङ्गा उत्खनन गर्न दाङ जिल्लाको बंगलाचुली गाँऊपालिका–६, तिमिलेमा रहेको राष्ट्रिय वन क्षेत्रको ३.९३५ हेक्टर जमिन (१० वर्षका लागि)

ख) सम्राट सिमेण्ट कम्पनी प्रा.लि.लाई चूनढुङ्गा उत्खनन गर्न दाङ जिल्लाको बंगलाचुली गाऊँपालिका–३, थारागाउँमा रहेको राष्ट्रिय वन क्षेत्रको (जनचेतना सामुदायिक वनमा समेत परेको) ५ हेक्टर जमिन (१५ वर्षका लागि)

ग) नेपाल विद्युत प्राधिकरणलाई कोशी कोरिडोर २२० केभी प्रसारणलाईन आयोजना (बसन्तपुर–चाँगे खण्ड) को ‘राइट अफ वे’सहित केही टावर निर्माण गर्न तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न सामुदायिक वनसहित राष्ट्रिय वन क्षेत्रको ७२.७४६ हेक्टर जमिन (२५ वर्षकका लागि)

घ) नेपाल विद्युत प्राधिकरण, बुटवल (गोरुसिंगे–लुम्बिनी) १३२ केभी प्रसारणलाईन आयोजना संरचना विस्तार गर्दा आवश्यक पर्ने रुपन्देही जिल्लाको योगीकुटी स्वीचयार्डको ‘टु बे एक्सटेन्सन’ निर्माण गर्न स्वीचयार्डसँगै वन अनुसन्धान प्लटको छेउमा रहेको वन क्षेत्रको ०.४८ हेक्टर जमिन (२५ वर्षका लागि)

ङ) नेपाल विद्युत प्राधिकरणलाई बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारणलाईन आयोजनाको जितपुर–कपिलवस्तु खण्डको ‘राइट अफ वे’सहित केही टावर निर्माण गर्न कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका लगायत विभिन्न स्थानमा रहेका विभिन्न ४ सामुदायिक वन र तिलौराकोट साझेदारी वनसहित राष्ट्रिय वन क्षेत्रको

१६.७६१ हेक्टर जमिन (२५ वर्षकका लागि)

१४. काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनाइने ईन्द्रजात्रा पर्वको सञ्चालन र व्यवस्थापनका लागि ईन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको छ ।

१५. हुलाक सेवा विभाग अन्तर्गत अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिक २०७६ साउन महिनादेखि लागू हुने गरी वृद्धि गर्ने निर्णय गरिएको छ ।

१६. नेपाल प्रशासन सेवाको समूहीकरण (क्लस्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा कामु प्रमुख सचिव तोयनारायण ज्ञवालीलाई बढुवा गरी मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं ५ को प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।

१७. नेपाल इन्जिनियरिङ सेवाको समूहीकरण (क्लस्टर) तर्फको राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा राजपत्रांकित प्रथम श्रेणीका अधिकृत श्री ऋषिराम शर्मा र श्री रविन्द्रनाथ श्रेष्ठलाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।

१८. समपूरक अनुदान सम्बन्धी (दोश्रो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरिएको छ ।

१९. विशेष अनुदान सम्बन्धी (दोश्रो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x