कात्तिक २५, २०८०
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
विराटनगर- शनिवारदेखि मोरङको बिराटनगरमा सुरु भएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी आइतबार सम्पन्न भएको छ ।
नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय १ नम्बर प्रदेशद्वारा संयुक्त रुपमा आयोजित १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
समापन कार्यक्रमममा मुख्यमन्त्री राईले शान्ति सुरक्षाको क्षेत्र विगतका वर्षभन्दा सुदृढ भएको उल्लेख गर्दै विभिन्न खालका अपराधिक घटनामा पनि कमी आएको बताए । शान्ति सुरक्षामा खलल पुर्याउने कसैलाई पनि छुट नहुने हुँदा कानून विपरीत कार्य गर्ने जो कसैलाई पनि कानूनी कठघारामा उभ्याउन र कानुन सम्मत हुने कुरा तत्काल गरी सुरक्षा अवस्था अझै मजबुत बनाउन उनले निर्देशन दिए ।
कार्यक्रममा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले जनताको चाहना बमोजिमको सुरक्षा रणनीति अबलम्बन गर्नुपर्ने हुँदा सोही अनुसार कानूनी परिधिभित्र रही जनताकै चाहाना बमोजिमको सुरक्षा ब्यवस्था मिलाउनुपर्ने आजको आवश्यकता रहेको बताइए ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रमले अगाडि सारेका कार्ययोजनाहरुलाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गरेमा पक्कै पनि सुरक्षा व्यबस्था अझ मजबुत हुने धारणा व्यक्त गर्दै उनँले समयमै प्रभावकारी भुमिका निर्वाह गर्दा विपद् व्यवस्थापन कार्यमा पनि ठूलो क्षति व्यहोर्न नपरेको उल्लेख गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्न प्रहरी संगठन कटिबद्ध रहेको चर्चा गर्दै यसबाट शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा सफलता पाउन सहज भएको बताए । अपराध र अशोभनीय गतिविधिमा कमि आएको र शान्ति सुरक्षाको दृष्टिकोणले आवश्यक सुधारका कामहरुमा तीव्रता आएको उनले उल्लेख गरे ।
गोष्ठीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार सुरक्षाविद् प्रा.डा. ईन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण सुवेदी, १ नम्बर प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, १ नम्बर प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेनाका प्रतिनिधिहरु, १ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
उक्त गोष्ठी पश्चालत् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १ नम्बर प्रदेश अन्तर्गत १४ जिल्लाका प्रहरी प्रमुखहरुलाई समसामयिक विषयमा निर्देशन समेत दिएका थिए ।
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...