पुराना दिन स्मरण गर्दै कप्तान कोहलीले दिए क्रिकेटरहरुलाई कडा चेतावनी

काठमाडौं– भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले आगामी वर्ष हुने टी२० विश्वकप क्रिकेटलाई लिएर खेलाडीहरुलाई कडा चेतावनी दिएका छन् । 

उनले टीममा आफ्नो स्थान बलियो बनाउनका लागि खेलाडीलाई ४ देखि ५ अवसर मिल्ने बताएका छन् । 


Advertisement

उनले भनेका छन् कि, टीममा स्थान बनाउने युवाले ४ देखि ५ म्याचमा आफूलाई प्रस्तुत गरेर सावित गर्नुपर्नेछ । 

टीम इन्डियाको लागि सन २००८ मा डेब्यू गरेका कोहलीले खेलाडीहरुलाई आफूले अन्तराष्ट्रिय क्रिकेटको शुरूआती समयमा यस्तो अवसर नपाएको स्मरण समेत गराएका छन् । 
 


Advertisement

कमेन्ट गर्नुहोस्