×

NMB BANK
NIC ASIA

बल्झियो संसद गतिरोध

संसदमा लाग्यो ‘संसदीय निष्पक्षता’को नारा, प्रतिपक्षको अवरोधपछि बुधवारसम्म बैठक स्थगित

भदौ ३०, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षको विरोधका कारण आइतवार पनि प्रतिनिधि सभाको दुइवटा बैठक स्थगित भएका थिए ।

Sagarmatha Cement
Muktinath Bank

बाँकेमा पार्टी सभापति किरण कोइरालामाथि भएको आक्रमणको विरोधमा आइतवार संसदका दुइवटा बैठक अवरुद्ध गरेको कांग्रेस सोमवार सदन सुचारू गर्न राजी भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकको शुरूमै कांग्रेस सचेतक पुष्पा भुसाल बोलेर बाँके घटना सम्बन्धमा प्रहरीले किटानी जाहेरी दर्ता गरेको र निश्पक्ष अनुसन्धानका लागि आग्रह गरिन् । उनले घटनामा संलग्नमाथि कारवाहीका लागि सभामुखसँग रुलिङ माग गरिन् । 


Advertisment
Nabil box
Kumari

कांग्रेस सचेतक भुसाल बोलेर बसेपछि सभामुख कृष्णबहादुर महराले नेकपाका नन्दलाल रोका क्षेत्रीलाइ बोल्न समय दिए । बाँकेका सांसद रहेका रोकाले कांग्रेसले आरोप लगाएजस्तो घटना बाँकेमा नभएको दावी गरे । उनले कांग्रेसले आरोप लगाउँदैमा कसैमाथि कारवाही गर्न नपाइने बताए । 

Vianet communication
Laxmi Bank

‘वडाअध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार्य छैन, कांग्रेसले आन्दोलन गरे आन्दोलन गर्न तयार छौं । समिति गठन गरेर छानविन गर्नुपर्छ ’ क्षेत्रीले भने । 

रोका बोल्दाबोल्दै कांग्रेस सांसदहरुले उठेर टेवल ठटाएका थिए । त्यसपछि विच्किएका प्रतिपक्षी सांसद उठेर नारावाजी गर्दै वेलमा नारावाजी गरे । उनीहरुले वेलमा आधा घण्टा नारावाजी गरेका थिए । उनीहरुले संसदमा संसदीय ‘निश्पक्षता कायम गर, राज्य आतंक बन्द गर’ लगायतका नारावाजी गरेका थिए । 

जागरण अभियानका क्रममा बाँकेमा पार्टीकी जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गर्ने नेकपा कार्यकर्तामाथि कारवाहीको मागगर्दै कांग्रेसले आइतवार प्रतिनिधि सभाका दुईवटा बैठक अबरुद्ध गरेको थियो । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुबीच आइतवार राती प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमति पछि संसद अबरोध हटाउन कांग्रेस राजी भएको थियो ।

बाँके घटनामा संलग्नलाई कारवाही गर्ने, नागरिकता विधेयकमा सहमति गर्ने तथा प्रतिपक्षी दलसँग परामर्श गरेर मात्र विधेयक ल्याउने आइतवारको छलफलमा ओलीले प्रतिबद्धता जनाएका भेटमा सहभागि कांग्रेसका एक नेताले जानकारी दिए ।

बैठक सुचारु गर्न सभामुखको पटक पटकको आग्रह वेवास्था गर्दै नारावाजी गरेपछि सभामुख कृष्णबहादुर महराले संसदको बैठक असोज १ गते बुधवार बिहान १ बजे सम्मको लागि स्थगित गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x