कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
प्रतिनिधिसभाको सोमबारको बैठक पनि स्थगन
नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरणका क्रममा बाँकेमा भएको घटनालाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदबीच प्रतिनिधिसभामा आरोप–प्रत्यारोपपछि बैठक स्थगन भएको छ ।
सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सांसद पुष्पा भुसाललाई बोल्न समय दिएका थिए ।
बोल्न अनुमति पाएपछि सांसद भुसालले बाँके घटनामा संलग्नविरुद्ध परेको किटानी जाहेरीअनुरूप दोषीलाई हदैसम्मको कारवाहीका लागि सभामुखबाट निर्देशन गर्न माग गरिन् ।
बाँके घटनाका दोषीलाई कारवाही गर्न माग राखेर प्रमुख प्रतिपक्षले आइतबारको प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो ।
आयोगको आदेश
काठमाडौं– राष्ट्रिय सूचना आयोगले देशभर फैलिएको डेंगुबाट बच्न आम नागरिकलाई उपयुक्त माध्यमहरूबाट व्यापकरुपमा तत्काल सूचना प्रवाह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको छ ।
आयोगले सोमबार एक विज्ञप्ति जारी गरी नागरिकको सूचनाको हक, यसको महत्व र उपयुक्त मौकामा सम्वन्धित सूचना प्रवाह गर्नु पर्ने राज्य प्रणालीको दायित्वलाई स्मरण गराउँदै डेंगुबाट बच्न आम नागरिकलाई उपयुक्त माध्यमहरूबाट व्यापकरुपमा तत्काल सूचना प्रवाह गराउन स्वास्थ्य सचिवलाई आदेश दिएको हो ।
‘नेपालमा संक्रमणको रुपमा फैलिएको डेंगु रोग र यसको नियन्त्रणका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अस्पताल र स्वास्थ्य सेवा प्रवाह गर्ने निकाय, आमसञ्चारका माध्यम तथा परोपकारी संस्था र व्यक्तिहरूबाट भैरहेको प्रयासका बारेमा आम जनतालाई सुसूचित गर्नुपर्छ,’ आयोगकी प्रवक्ता यशोदादेवी तिम्सिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी डेंगु जस्तो महामारीको रुपमा फैलने रोगबाट बच्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बद्ध निकाय एवं विषय विज्ञहरूसँग यस रोगबाट बच्ने उपायहरू सम्बन्धी सूचना आम जनताले सर्वसुलभरुपमा पाउनु पर्ने कुरातर्फ आयोग नेपाल सरकारको सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीको गम्भीर ध्यानाकर्षण गराउँछ ।’
पर्यटन क्षेत्रमा डेङ्गुको प्रभाव हुन नदिन निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा डेङ्गुको प्रकोपबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव न्यूनीकरणका लागि निर्देशन दिएकाद छन् ।
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरणका विषयमा सोमबार मन्त्रालयमा सरोकार भएका निकायसँग छलफल गर्दै उनले डेङ्गुले पर्यटनमा पर्न सक्ने असर निराकरणका लागि आवश्यक तयारी तथा पूर्वसर्तकता अपनाउन निर्देशन दिए ।
उनले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सबै विमानस्थल सफा राख्ने तथा उडानपूर्व जहाजभित्र तोकिएको मापदण्डअनुसार औषधि छर्किने व्यवस्था मिलाउन पनि निर्देशन दिए ।
साथै नेपाल होटल सङ्घ, रेष्टुरेन्ट व्यवसायी सङ्घ, पर्यटक यातायातलगायत पर्यटकीय सेवा दिने विभिन्न निकायले आफ्नो क्षेत्र सफा राख्ने, पर्यटकलाई सूसुचित गर्ने तथा औषधिकोसमेत मापदण्डअनुरूप गर्न गराउन निर्देशन दिनुभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सुदूरपश्चिममा ४५ जनामा डेंगुको सङ्क्रमण
मुलुकभर डेङ्गु सङ्क्रमण बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि यसको प्रभाव बढ्दै गइरहेको छ ।
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबाहेक आठ वटा जिल्लामा डेङ्गुका बिरामी भेटिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका किट नियन्त्रण निरीक्षक हेमराज जोशीले बाजुराबाहेक अन्य जिल्लामा गरी ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको जानकारी दिए ।
समाजवादी पार्टीले संविधान दिवसमा सहभागिता नजनाउने
समाजवादी पार्टी नेपालले संविधान जारी भएको दिन आगामी असोज ३ गते खुशीयालीका रूपमा दिपावली नमनाउने र विरोध पनि नजनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान दिवसका दिन कुनै पनि कार्यक्रममा पार्टीको सहभागिता नरहने निर्णय गरेको हो ।
सो पार्टीले संविधान जारी भएको दिन ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयमा सातवटै प्रदेश राजधानीमा अन्तक्र्रियात्मक कार्यक्रम गर्ने जनाएको छ । संविधान जारी भएको दिनका सन्दर्भमा खुशीयाली नमनाउने र विरोध पनि नगर्नुका साथै संविधान संशोधनबारे अन्तक्र्रियात्मक कार्यक्रम आयोजना गरिने समाजवादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चन्द समूहका जिल्ला सेक्रेटरीसहित दुई पक्राउ
नेत्रविक्रम चन्द समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले बिर्तामोडबाट सोमबार पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी मिश्रसहित जिल्ला सदस्य टीका पोखरेल रहेका छन् ।
विशेष सूचनाको आधारमा उनीहरूलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यसैबीच नेत्रविक्रम चन्द समूहका एक कार्यकर्तालाई हुम्ला प्रहरीले आइतबार राति पक्राउ गरेको छ । विभिन्न सरकारी कार्यालयमा चन्दा माग गरेको भन्ने सूचनाका आधारमा चन्द समूहको अखिल क्रान्तिकारीका जिल्ला संयोजक उपेन्द्र रावतलाई प्रहरीले पक्राउ गरेको छ ।
रावतको साथबाट आर्थिक सहयोग गरिदिन भन्दै विभिन्न कार्यालयलाई लेखिएको चिठी भेटाएका कारण अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी हुम्लाले जानकारी दिएको छ ।
विदेशी पाहुना टोली स्वदेश फिर्ता
काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा पहिलोपटक इन्द्रजात्राको अवलोकन गर्न आएका विदेशी नगरका प्रमुख, उपप्रमुखसहितको टोली सोमबार स्वदेश फिर्ता भएको छ ।
भूटानको थिम्पु नगरका प्रमुख आगामी बिहीबार फर्कने कार्यक्रम रहे पनि अन्य नगरका प्रमुखसहितको टोली सोमबार स्वदेश फर्केको हो । इन्द्रजात्रा अवलोकन गर्न गत बिहीबार चीन, भारत, भूटान, जापान, र अमेरिकाका ११ शहरका चार प्रमुख, उपप्रमुखसहित ४१ जना पाहुना नेपाल आएका थिए ।
लेखापढी तथा घरजग्गा व्यवसाय तीन दिनभित्र दर्ता गर्न निर्देशन
भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित लेखापढी तथा घरजग्गा व्यवसायीलाई कडाइ गरेको छ । सोमबार नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको लेखापढी व्यवसाय तथा घरजग्गा कारोवारको अनुगमनमा अधिकांशले दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएपछि कडाइ गरिएको हो ।
नगरपालिकाले १४ फर्ममा गरेको अनुगमनमा १३ फर्म दर्ता नै नभएका र एउटा मात्र फर्म दर्ता भएको पाइएको अनुगमन समितिका निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।
अनुगमनमा दर्ता नभएका फर्मलाई तीन दिनभित्र दर्ता गर्न, सेवा शुल्कको सुची राख्न, शुल्कको लेनदेन पान नम्बर सहितको रसिदबाट गर्न, लेखापढीलगायत अनुमतिको प्रमाणपत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिइएको निरीक्षक प्रजापतिले बताए ।
चिकित्सा शिक्षाका स्नातक तहका प्रवेश परीक्षाको नयाँ मिति तय
चिकित्सा अध्ययन संस्थानले चिकित्सा शिक्षाअन्तर्गतका एमबीबीएस, बीडीएस, बीएनएस, बीएस्सी नर्सिङ, बीपीएचको प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने जनाएको छ ।
संस्थानको सोमबार बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले सो मिति तय गरेको हो । यसअघि ती परीक्षा यही भदौ २१, २२ , २३ र २४ गतेलाई तय गरिएका थिए ।
सर्वाेच्च अदालतले सो मितिमा ती तहका परीक्षा रोक्न संस्थानलाई आदेश गरेपछि स्थगित गरेर पुनः गर्न अर्को मिति निर्धारण गरिएको हो । ती तहका नयाँ शैक्षिक कार्यक्रमअन्तर्गत एमबीबीएसमा मात्र करीब १८ हजार छात्रछात्राले प्रवेश परीक्षाका लागि आवेदन दिएका थिए । हाल त्रिविवि, काठमाडाँै विश्वविद्यालय, स्वास्थ्य मन्त्रालयअन्तर्गतका २२ कलेजमा एमबीबीएसको अध्ययन हुनेगर्दछ ।
मलेसिया रोजगारी नियमित भएकामा सङ्घ खुशी
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले शून्य लागतसहित मलेसिया रोजगारी नियमित भएकामा खुशी व्यक्त गरेको छ ।
सङ्घका अध्यक्ष रोहन गुरुङले सोमबार एक विज्ञप्ति जारी गर्दै सङ्घले लामो समयदेखि उठाउँदै आएको विषय सम्बोधन भएको बताएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको विशेष पहलकदमीबाट मात्र मलेसिया जाने श्रमिकलाई आर्थिक राहत मिलेको सङ्घले जनाएको छ ।
सुदूरपश्चिममा भूकम्पको धक्का
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सोमबार राति भूकम्पको धक्का महसुस गरिएको छ । नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...