सारीमा निकै हट देखिइन् कंगना रनावत

काठमाडौं – बलिउड अभिनेत्री कंगना रनावत ग्ल्यामरका लागि प्रसिद्ध छिन् । फेशनमा पनि उनी खास ध्यान दिन्छिन् । 

बैंककमा आयोजित एक अवार्ड शोमा भाग लिन पुगेकी कंगनाले परम्परागत लूक छानिन् तर त्यसले उनलाई निकै हट र सेक्सी बनाएको देखिन्थ्यो । 


Advertisement

तरुण तहलानीले डिजाइन गरेको गोल्डन शिमरी सारी कंगनाले लगाएकी थिइन् । त्यससँगै उनले कोर्सेट शैलीको स्वीटहार्ट नेकलाइन ब्ल्याक ब्लाउज लगाएकी थिइन् । कंगनाले कपाललाई स्टाइल बनाएर नेक र शोल्डरलाई हाइलाइट गरेकी थिइन् । 

बैंककमा मिलेनियम ब्रिलियन्स अवार्ड २०१९ मा प्रमुख अतिथि बनेर उनी पुगेकी थिइन् । 


Advertisement

कंगना पंगा नामक फिल्ममा देखिँदैछिन् । पंगा सन् २०२० को जनवरी १० मा रिलिज हुँदैछ । अनि जयललितामाथि बनिरहेको बायोपिक फिल्ममा पनि उनी देखिनेछिन् । त्यसका साथै उनी धाकड फिल्ममा प्रमुख भूमिकामा देखिनेछिन् ।

एजेन्सी
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्