घर आगलागीपछि राजेशपायलले लेखे- तपाईंहरूको माया र सद्भाव नजलोस्

फाइल तस्वीर

काठमाडौं- गायक राजेशपायल राईको घरमा आगलागी भएको छ । 

सोमवार दिउँसो गायक राईको शान्तिनगरस्थित घरमा आगो लागेको हो । 


Advertisement

विद्युत शर्ट भएर आगो लागेपछि उनले पाएका सम्मान र अन्य सामग्रीहरू जलेर नष्ट भएका छन् । 

आगलागीपछि उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, 'म पीडामा छैन किनकी तपाईंहरूको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन .. मेरो छिमेकीहरूले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन ..एवार्ड जले होलान् तर तपाईंहरूले दिएको आशिर्वाद माया ,सुझाव नजलोस् .. म सदा तपाईंहरूको कै काखमा लुट्पुटिने माम्छे ।'

कमेन्ट गर्नुहोस्