मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
काठमाडौं – अमेरिकाको जासूसी संस्था सीआईएले शीतयुद्धका बेलामा उपयोग गरिएको गोप्य तरिकाको बारेमा अहिले आएर खुलासा गरेको छ ।
सीआईएले परेवाहरूलाई तालिम दिएर जासूसीका लागि तयार पारेको बताएको छ ।
सोभियत संघका संवेदनशील क्षेत्रमा पुगेर गोप्य तरिकाले तस्वीर खिच्न परेवालाई सिकाउने गरिन्थ्यो ।
परेवाहरूलाई झ्यालनजिक उपकरण राख्ने तालिम पनि दिइन्थ्यो । परेवा बाहेक डल्फिनको उपयोग पनि गरिन्थ्यो ।
यी जनावरहरू गोप्य मिसनलाई सफल गराउन निकै उपयोगी ठहरिए ।
अमेरिकाको भर्जिनिया राज्यमा सीआईएको केन्द्रीय कार्यालय छ । त्यसमा एउटा संग्रहालय छ र आम मानिसका लागि अहिले त्यो बन्द गरिएको छ ।
त्यहाँ परेवाको एउटा मोडल राखिएको छ र त्यसमा क्यामरा बाँधिएको छ ।
सन् १९७० मा गरिएको कारवाहीको कोड नेम टकाना राखिएको थियो । उक्त कारवाहीमा परेवाको उपयोग तस्वीर खिच्नका लागि गरिएको थियो ।
परेवाको स्मरणशक्ति निकै बलियो हुन्छ । अनि ऊ आत्राकारी पनि हुन्छ ।
उसलाई जुनसुकै क्षेत्रमा उडाइएपनि लामो यात्रा गरेर घर फर्किन सक्ने कला उससँग हुन्छ । त्यसैले गर्दा सीआईए परेवाहरूलाई गोप् यमिसनमा उपयोग गर्थ्यो ।
परेवालाई जासूसी काममा उपयोग गर्ने काम पहिलो विश्वयुद्धमा भएको थियो ।
दोस्रो विश्वयुद्धमा बेलायतको जासूसी विभागको एक ब्रान्च एमआई १४(डी) ले जासूस परेवा सेवा शुरू गरेको थियो ।
परेवाहरूलाई एउटा डब्बामा राखेर प्याराशूटमा बाँधेर युरोपको आकाशमा उडाइन्थ्यो । परेवाहरूसँग केही प्रश्न पनि राखिन्थ्यो ।
लगभग एक हजार जासूस परेवाले गोप्य जानकारी जुटाएर फर्केको बताइन्छ । भी१ रकेट प्रक्षेपण गर्ने स्थान र जर्मन रेडार स्टेसनको जानकारी पनि यसैगरी जुटाइएको थियो ।
युद्धपछि बेलायतका जासूसी विभागहरूको संयुक्त समितिमा परेवा उपसमिति बनाइएको थियो । शीतयुद्धका बेलामा परेवाहरूलाई थप राम्रो तरिकाले उपयोग गर्ने विषयमा यसले विचारविमर्श गर्थ्यो ।
बेलायतले अधिकांश जासूसी अभियान बन्द गरे पनि सीआईएले परेवाहरूको शक्ति चिनेर तिनको थप राम्रो उपयोग गर्ने विचार गर्यो ।
अपरेसन टकानामा अन्य जनावर पनि उपयोग गरिएको पाइयो । फाइलहरूमा उल्लेख भएअनुसार, सीआईएले ४० ग्राम भार भएको वस्तुलाई कुने भवनको झ्यालमा राख्ने तालिम एउटा कागलाई दिएको थियो ।
सन् १९६० का फाइल हेर्दा सीआईएले अन्य देशको बन्दरगाहमा जासूसीका लागि डल्फिन उपयोग गरेको देखिन्छ । पश्चिमी फ्लोरिडामा शत्रुको जहाजमा आक्रमणका लागि डल्फिन तयार पारिएको थियो ।
समुद्रमा आणविक पनडुब्बी पत्ता लगाउनका वा विकिरणयुक्त हतियार चिन्नका लागि पनि डल्फिनलाई सिकाइएको थियो ।
बीबीसीबाट
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...