भिज्दा छाला किन चाउरिन्छ ? यस्तो छ कारण

हामीले आफ्नो शरीरको ख्याल हरेक समय गर्नैपर्छ ।  चिसो होस या गर्मी मौसममा हामी दैनिक गर्ने हरेक क्रियाकलापअनुसार मानवशरीरमा विभिन्न खाले प्रभाव परिरहेको छ । 
हाम्रो शरीरमा पानीसँगको सँसर्गमा पनि शरीमा असर देखिने गर्छ लामो समय पानीमा खेल्दा होस्, नुहाउँदा होस् वा लुगा धोएपछि हाम्रो शरिरको केही हिस्साको छाला खुम्चिने गर्छ । हात, हत्केला, औलाको छाला, गोडाको छाला धेरै बेर पानीमा रहँदा खुम्चेर चाउरिएजस्तो देखिन्छ ।  


यसका केही वैज्ञानिक कारण छन् ।  बायोकेमिकल प्रतिक्रियाको कारण यस्तो हुने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुकाअनुसार पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कन्छन् । जसले गर्दा छाला खुम्चिन पुग्छ ।
एजेन्सीहरुमा उल्लेख भएअनुसार छालाको जुन हिस्सा चाउरी पर्नु भने स्नायू प्रणाली ठिक भएको ठहरिन्छ । त्यहाँको केही नसा काटिदिने हो भने त्यसरी चाउरी नपर्ने वैज्ञानिकहरुको दाबी छ । 
अमेरिकी वैज्ञानिक मार्क चाञ्गिजी भन्छन्, हाम्रो शरीर बदलिएको वातावरण अनुसार आफुलाई पनि सजिलै परिवर्तन गर्नसक्छ । 


Advertisement


सन् २०११ मा मार्केले एक अनुसन्धानको क्रममा यस्तो विशेषता बाँदरमा पनि भेटेका थिए । यसको एउटै अर्थ हुन्छ कि पानीमा हाम्रो पकड बलियो होस् । ब्रिटेनमा सन् २०१३ मा भएको एक प्रयोगले पनि  भिजेको हातले पानी भित्र चीजहरुलाई यता उता छिटो सार्न सकिन्छ र सुख्खा हातले यहि काम गर्न बढी समय लाग्ने बताउँछ ।

कमेन्ट गर्नुहोस्