संविधान दिवसमा नेपाल टेलिकमले ल्यायो विशेष अफर

काठमाडौं – संविधान दिवसका अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ ।

यही असोज ३ गते संविधान दिवस मनाइन लागेको अवसर पारेर टेलिकमले १ सय रुपैयाँमा ३ जीबी डाटा उपलब्ध गराउने अफर ल्याएको हो ।


Advertisement

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको छ । 

सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुनेछ । यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्छ ।


Advertisement

यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्