×

NMB BANK
NIC ASIA

संविधान दिवसमा प्रधानमन्त्रीको अपिल– बाटो भुलिरहेकाहरू मूलधारमा आउनुस्

'अग्रगतिका लागि तगारो बने मात्र संविधान संशोधन'

असोज ३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा कोही पक्ष र कोही प्रतिपक्ष नरहेको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

संविधान दिवसका अवसरमा टुंडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानका सबालमा सबै बराबर रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रानीतिक आन्दोलनको चरण समाप्त भइसकेको भन्दै प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्रका आधार बलियो पार्न लागि परेको बताए ।


Advertisment
Nabil box
Kumari

'जनता लोकतन्त्रका आधार हुन्, जनता बलियो हुँदा लोकतन्त्रका संस्था र प्रणाली सुदृढ हुन्छन्,' प्रधानमन्त्री ओलीले भने, 'राज्य र नागरिकको बीचमा उच्च स्तरको समझदारी र एकता कायम गर्न प्रतिबद्ध छौं ।'

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले अतिवादी सोच राख्ने शक्तिहरूलाई पनि मूलधारमा आउन आग्रह गरे ।

'यसबीचमा अतिवादी सोच भएकाहरूलाई पनि मूलधारमा ल्याउन सफल भएका छौं,' प्रधानमन्त्री ओलीले भने, 'बाटो भुलिरहेका अन्यलाई पनि मूलधारमा आउन ढिला नगर्न आग्रह गर्दछु ।'

प्रधानमन्त्री ओलीले संविधान संशोधन आवश्यकताका आधारमा मात्र गरिने बताए ।

'जुन बेला जे मिल्दैन, वा जुन कुरा अग्रगतिका लागि तगारो बन्छ त्यसलाई त्यही बेला विधिसम्मत् ढंगले मिलाउँदै अगाडि बढ्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकारको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्री र मन्त्री तथा मन्त्री र सचिवहरूबीच कार्यसम्पादन सम्झौता गरिएको, प्रदेशको काम प्रभावकारी बनाउन वरिष्ठ सह–सचिवहरूलाई प्रदेशमा पठाइएको, राष्ट्रिय गौरवका आयोजनालाई यथासक्य छिटो सम्पन्न गर्न टाइम लाइन सेट गरिएको बताए ।

यसैगरी टिमुरेमा सुख्खा बन्दरगाह निर्माण अन्तिम चरणमा रहेको, एक वर्षभित्र गौतमबुद्ध विमानस्थल र अर्को वर्ष पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसक्ने, धौवादी फलाम  खानी निर्माणसँगै सुरुङ मार्ग, रेल मार्ग हुँदै पानीजहाजको सपना साकार पार्ने दिशामा अघि बढेको पनि प्रधानमन्त्री ओलीले बताए ।

साथै उनले नजिकिँदै गरेका दशैंतिहार जस्ता ठूला चाडबाडका लागि शुभकामना समेत व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x