संविधानको परिकल्पना पूरा गर्न सबै एक ठाउँमा उभिनुपर्छ : मुख्यमन्त्री भट्ट

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको संविधानले गरेका परिकल्पना पूरा गर्नका लागि सबै एक ठाउँमा उभिन जरुरी रहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश संविधान दिवस मूल समारोह समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री भट्टले शुक्रवार आयोजित समारोहमा संविधानले परिकल्पना गरेका जनताका अधिकारलाई सुनिश्चित गर्न सकिएमा मात्र यो दिवस मनाउनुको औचित्य पुष्टि हुने बताए ।


Advertisement

नेपालको संविधान संसारकै एक उत्कृष्ट संविधान रहेको उल्लेख गर्दै उनले भने, ‘यसको पालना गर्नका लागि सबै राजनीतिक दल, सरकारलगायत सबै दृढ भएर लाग्नुपर्छ ।’

मुख्यमन्त्री भट्टले राष्ट्र र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै यो प्रदेशलाई सबैको साझा फूलबारीको रुपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।


Advertisement

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले नेपाली जनताका प्रतिनिधिले पहिलोपटक जारी गरेको नेपालको संविधान–२०७२ संसारकै उत्कृष्ट संविधान रहेको बताए ।

समारोहमा स्थानीय लोक संस्कृति झल्किने सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरिएको थियो । मुख्य समारोहअघि बाजागाजा र झाँकीसहितको प्रभातफेरी गरिएको थियो । 

प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यालयका शिक्षक विद्यार्थी लगायत सर्वसाधारणको सहभागिता थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्