×

NMB BANK
NIC ASIA

नयाँ बसपार्क क्षेत्रमा वृक्षरोपण

असोज ४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – नयाँ बसपार्कस्थित मित्रनगरमा वृक्षरोपण गरिएको छ ।

Muktinath Bank

मित्रनगर विकास तथा सुधार समितिको आयोजनामा शनिवार बिहान चक्रपथ क्षेत्रदेखि म्हैपी मितेरी पुलसम्म वृक्षरोपण गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बृहत् वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधानले यो वर्षलाई सरकारले वृक्षरोपण वर्ष घोषणा गरेपनि वृक्षरोपण कार्य प्रभावकारी हुन नसकेको बताए ।


Advertisment
Nabil box
Kumari

‘रुख बिरुवा मासिनुका साथै जनसंख्या वृद्धिका कारण उपत्यकामा तापक्रम दिनानुदिन बढ्दै गएको छ, तापक्रम न्यूनीकरण गरी स्वच्छ, सफा शहर निर्माणमा वृक्षरोपणले सहयोग पुग्नेछ,’ उनले भने । 

Vianet communication
Laxmi Bank

पूर्व रक्षामन्त्री प्रधानले सुन्दर, शान्त र हराभरा काठमाडौं निर्माणका लागि सांसद विकास कोषबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले मित्रनगर क्षेत्रलाई सफा, सुन्दर र हरियाली बनाउन वृक्षरोपण कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पछिल्लो समय नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको नयाँ बसपार्क क्षेत्रमा सुधार आएको उनको भनाइ थियो । मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष विष्णु पोखरेलले ७ लाख ६५ हजार रुपैयाँ लागतमा मित्रनगर क्षेत्रमा २२५ बिरुवा रोप्न लागिएको बताए । ‘हरियाली मित्रनगर निर्माणका लागि वृक्षरोपण गर्न लागेका हौं,’ उनले भने । 

समितिले चक्रपथ क्षेत्रमा वृक्षरोपण गर्ने भने पनि चक्रपथ विस्तारका क्रममा रुख काटिने भएकाले मित्रनगरभित्र वृक्षरोपण गर्न लागेको समितिका उपाध्यक्ष गंगा पन्तले जानकारी दिए । मित्रनगर विकास तथा सुधार समितिले आगामी दिन नयाँ बसपार्क क्षेत्र वरपर ६०० बिरुवा रोप्ने योजनासमेत बनाएको छ ।

विक्रम संवत् २०६४ मा स्थापना भएको समितिले मित्रनगर क्षेत्रको विकास र सुधारका लागि काम गर्दै आइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x