जलवायु संरक्षणका लागि पेरिसमा भएको प्रदर्शन झडपपछि स्थगित

पेरिस- फ्रान्सको राजधानी पेरिसमा जलवायु संरक्षणका लागि गरिएको शनिबारको प्रदर्शनमा झडप भएपछि तत्कालका लागि प्रदर्शन स्थगित गरिएको छ ।

फ्रान्सेली सुधारवादी प्रदर्शनकारीका अनुसार प्रदर्शनमा घुसपैठ हुँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि रोकिएका छन् ।


Advertisement

“शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएपछि थप जोखिमहरू आउनसक्ने कुरालाई मध्यनजर राख्दै जलवायु संरक्षणका लागि आयोजना भएको आन्दोलन तत्कालका लागि रोकिएको छ,” प्रदर्शनको सह–आयोजक ग्रीनपिस समूहले आफ्नो ट्वीटर पेजमा जारी विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनको अर्को सह–आयोजक यूथ फर क्लाइमेटले पनि प्रदर्शनकारीलाई घर फर्किन निर्देशन गरेको छ । प्रदर्शनमा सयौँको सङ्ख्यामा घुसपैठ भएको बताइएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्