माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
काठमाडौं – डेढ वर्षअघि नेपालका २ ठूला वामपन्थी पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा निर्देशक सिद्धान्तबारे पटक–पटक विवाद हुने गरेको छ ।
गत वर्ष जेठ ३ गते भएको एकताताका विधान निर्माणका क्रममा तत्कालीन माओवादीको एक्काइसौं शताब्दीको जनवाद र तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद (जबज) दुवैलाई छोडेर तत्कालका लागि जनताको जनवाद (जज) लाई निर्देशक सिद्धान्तका रूपमा अघि लैजाने सहमति भएको थियो ।
महाधिवेशनमा दुवै निर्देशक सिद्धान्तलाई छलफलमा लैजाने तर तत्कालका लागि पार्टीको आधिकारिक लाइन ‘जज’ नै हुने गरेर भएको सहमति बीचबीचमा नेताहरूले तोड्ने गरेका थिए ।
स्वयं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जबजलाई नै नेकपाको मार्गनिर्देशक सिद्धान्त बनाउनुपर्ने प्रस्ताव सचिवालय बैठकमा लगेका थिए । यसले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टाउको दुखाउने गरेको थियो ।
पार्टी एकीकरणका प्रक्रियामा भएका ‘लेनदेन’का कारण अहिले सैद्धान्तिक बहस नेकपामा सेलाएको छ तर चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चर्चासँगै केही दिनयता नेकपाभित्र ‘शी–विचारधारा’को बहसले इन्ट्री (प्रवेश) मारेको छ ।
अन्तर्क्रियाका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख सङ ताओ सोमवार काठमाडौं आइपुगे । उनको साथमा रहेको करीब २० जनाको टोलीसँग नेकपाका करीब २ सय जना केन्द्रीय कमिटी सदस्यले सोमवार राजधानीको एक होटेलमा अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ ।
यही सन्दर्भलाई जोडेर शी–विचारधाराको विषयमा नेकपाका नेतालाई प्रशिक्षण दिन सीसीपीको टोली आएको चर्चा चलेको हो । नेकपाका नेताले प्रशिक्षण नभइ अन्तर्क्रियात्मक कार्यक्रम रहेको दाबी गरिरहेका छन् ।
गत शनिवार नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले शनिवार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा ‘शी–विचारधारा’बारे लामो मन्तव्य दिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनले राष्ट्रपति शी चिनफिङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अंगीकार गरेको तथ्यसहित भुसालले चीनले शी–विचारधारा अन्तर्गत राखेका २ शताब्दी लक्ष्यको उत्कर्षका रूपमा पूर्ण समाजवादी मुलुकको निर्माण रहेको बताएका थिए ।
चीनले आफ्नै चरित्रको समाजवाद निर्माणका क्रममा शी–विचारधारा र बीआरआईको निर्माण गरेको भएपनि नेपालले त्यसबाट पाठ सिकेर आफ्नै चरित्रको समाजवादमा जानुपर्ने भुसालको निष्कर्ष थियो तर भुसालले चिनियाँ समाजवादका कतिपय चरित्र नेपालको हकमा उपयुक्त हुनसक्ने धारणा राखेका थिए । भुसाल नेकपाभित्र वैचारिक नेता मानिन्छन् ।
प्रायोजित रूपमा शी–विचारधाराको बहस
नेकपाभित्र शी–विचारधाराबारे प्रायोजित बहस चलाउन खोजिएको कतिपय नेताको आरोप छ । ‘हाम्रो पार्टीमा कार्यक्रमका रूपमा जबज र जज दुवै ठीक नभएको निष्कर्ष निकालेका नेताले शी–विचारधाराबारे बढी नै बहस चलाउन खोजिरहेका छन्,’ नेकपाका एक स्थायी कमिटी सदस्यले सोमवार लोकान्तरसँग भने, ‘चीनको चरित्र अनुसार विकास गरिएको शी–विचारधारा नेपालमा लागू गर्न कसरी सकिन्छ ? केही साथीहरू आफ्नो माटो बिर्सेर बाहिरी सिद्धान्तमा रमाउन खोजिरहेका छन् ।’
सीसीपीले यस्ता अन्तर्क्रिया पूर्व एमाले र पूर्व माओवादीका कतिपय नेताहरूसँग पहिला पनि गर्ने गरेको स्मरण गर्दै उनले भने, ‘अहिले शी–विचारधाराको चर्चा नै अनुपयुक्त छ । नेकपा र सीसीपीबीच हुने वैचारिक अन्तर्क्रिया सामान्य हो । तिललाई पहाड बनाउन खोजिएको छ यहाँ ।’ नेकपाभित्र शी–विचारधाराको बहस प्रायोजित रूपमा चलाउन खोजिएको उनको दाबी छ ।
उपभोग्य सामान मात्र नभएर विचारको समेत निर्यात गर्ने आफ्नो रणनीति अन्तर्गत दक्षिणी आँगनमा रहेको नेपाललाई आफ्नो विचारको ‘प्रयोगशाला’ बनाउने खोजेको भन्दै आलोचना पनि प्रशस्त भइरहेको छ ।
नेकपाकी स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि अहिले कुनै पनि विचारधाराबारे नेकपामा बहस हुनुपर्ने आवश्यकता नरहेको औंल्याइन् । ‘अहिले न महाधिवेशन हुँदैछ, न त विचारधारामै बहस गर्ने गरी कुनै कमिटीको बैठक छ,’ भुसालले लोकान्तरसँग भनिन्, ‘पार्टी एकताताका जे सहमति भएको थियो, त्यहीँ महाधिवेशनसम्म जान्छ । त्यसपछि कुन विचारधारा अँगाल्ने भन्ने निर्णय हुन्छ ।’
तर कुनै विचारधारा वा वादबारे कसैले अध्ययन गर्ने खोज्छ भने त्यसलाई अनौठो मान्नु नपर्ने भुसालको तर्क छ ।
प्रशिक्षण कि अन्तर्क्रिया ?
स्थायी कमिटी सदस्य वेदुराम भुसालले दुवै पार्टीका नेताबीच हुने अन्तर्क्रियालाई प्रशिक्षण भन्न नमिल्ने बताउँछन् । ‘यस्ता कार्यक्रमहरू विगतमा पनि भइरहन्थे,’ भुसालले लोकान्तरसँग भने, ‘कहिले यताबाट नेताहरू जानुहुन्थ्यो भने कहिले उताबाट आउने गर्नुहुन्थ्यो । यो ठूलो विषय नै होइन । दुवै देशका कम्युनिस्ट पार्टीका नेताबीच अन्तर्क्रिया र भेटघाट हुनुलाई अन्यथा मान्न मिल्दैन ।’
अन्तर्क्रियालाई चीनका राष्ट्रपतिको नेपाल भ्रमणको सन्दर्भमा जोड्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नमा भुसालले भने, ‘एक हिसाबले मिल्छ तर चीनमा लागू भएको ‘शी विचारधारा’ नेपालमा पनि लगाउनुपर्छ भन्दै उहाँहरू आउनुभएको होइन । त्यसरी सोच्न मिल्दैन । उहाँहरूले आफ्नो बारेमा कुरा गर्नुहुन्छ भने हामीले हाम्रो बारेमा कुरा गर्छौं ।’
यस्ता अन्तर्क्रिया कार्यक्रम पहिला पनि हुने हुनाले यसलाई त्यति ठूलो रूपमा बुझ्न नहुने चीनका लागि नेपालका पूर्व राजदूत टंक कार्कीको टिप्पणी छ । ‘अन्तर्क्रिया कार्यक्रमलाई राष्ट्रपति सीको नेपाल भ्रमणको ‘वार्म अप’का रूपमा मात्र लिन सकिन्छ,’ कार्कीले लोकान्तरसँग भने, ‘समय सन्दर्भ मिल्नु एउटा कुरा हो तर शी चिनफिङले नै प्रशिक्षण दिन पठाएको भन्ने कुरा चाहिँ हावादारी हो । हामी नेपालीको हल्ला गर्ने बानीले कूटनीतिक रूपमै नेपाललाई एकदम हल्का बनाइदिएको छ ।’
कार्कीले शीको नेपाल भ्रमण पक्कापक्की भइसकेको अवस्थामा यस्तो खालको द्विपक्षीय भ्रमण सामान्य हुने बताए ।
चीनसँग नेपालको निकटता बढेको हो ?
तत्कालीन माओवादीमा लामो समय विदेश विभागमा रहेका काम गरेका नेकपाका केन्द्रीय कमिटी सदस्य युवराज चौलागाईले नेपाल–चीनबीच निकटता बढेको स्वीकारे । सोमवार लोकान्तरसँग कुरा गर्दै चौलागाईंले भने, ‘नेपाल–चीनबीच इन्गेजमेन्ट बढेको छ तर यसलाई त्यहाँको विचारधारा यहाँ लागू गर्नुपर्छ भन्ने अर्थमा बुझ्नु ठीक होइन ।’
चिनियाँहरू व्यापारी भएकाले विचारधारा नभई उपभोग्य सामान निर्यात गर्नु उनीहरूको प्राथमिकतामा रहेको चौलागाईंले दाबी गरे । नेपालले नेपालको राष्ट्रिय स्वार्थलाई अगाडि राखेर आर्थिक राजनीतिक साझेदारी गर्नुपर्ने उनको भनाई छ ।
‘चिनियाँ कम्युनिस्ट पार्टीका नेताले अन्तर्क्रिया कार्यक्रममा आफ्ना केही पेपरहरू प्रस्तुत गर्नेछन्, यसबाट हामीलाई त्यहाँको समाज, अर्थ र राजनीति बुझ्न मद्दत पुग्छ,’ उनले भने, ‘त्योभन्दा ठूलो रूपमा यसलाई बुझियो भने गल्ती हुनेछ ।’
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...