काठमाडौं – हरर फिल्म बनाइरहने विक्रम भट्टको नयाँ फिल्म गोस्टको ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरले दर्शकलाई फरक दुनियाँमा लैजान कोशिश गरेको छ । त्यहाँ हरेक कुराको डर छ ।
सोमवार ट्रेलर सार्वजनिक गर्दै भट्टले यो साँचो घटनामा आधारित भएको बताए ।
फिल्ममा करण खन्नामाथि पत्नीहत्याको आरोप छ तर उसको हत्या आत्माले गरेको करणको दाबी छ । एउटा शैतानले फिल्मभरि दर्शकलाई तर्साउने कोशिश गर्नेछ ।
विक्रमले भने, ‘शानदार सम्पादन र चुस्त पटकथाका कारण दर्शकहरू हलको सीटमा टाँसिएर बस्न बाध्य हुनेछन् । हामीहरूले दर्शकलाई पूर्ण मनोरञ्जन दिन सक्ने अपेक्षा गरेका छौं ।’
एक पत्रिकामा आएको समाचारमा बेलायती अदालतले एक मुद्दामा आत्मालाई पुर्पक्षको अनुमति दिएपछि आफूलाई फिल्म बनाउने विचार फुरेको विक्रमको कथन छ ।
एजेन्सी
लोकान्तर संवाददाता