×

NMB BANK
NIC ASIA

बाटो, बिजुली, पानी शिक्षा, स्वास्थ्य गाँउ-गाँउमा पुर्याएको हामीले हो - पौडेल

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्यूठान- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको दम्भ बोकेको वर्तमान सरकारको छायाँमा मुलुकको न्यायपालिका र संवैधानिक निकायहरु परेको आरोप लगाएका छन् ।

Muktinath Bank

दोश्रो जागरण अभियान अन्तर्गत प्यूठानमा अयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारले अख्तियार अदालत सवै संवैधानिक निकायलाई दुई तिहाइ देखाएर तर्साएकाले मुलुकमा भएका ठुला आर्थिक घोटालाहरुको निष्पक्ष छानबिन हुन नसकेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पौडेलले भने, ‘हरेक संवैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ । त्यो संविधानविपरित हो । अख्तियार, अदालतलाई तर्साउन खोजिदैछ । जनताले दिएको दुईतिहाईको मतलाई निरकुंश शासन चलाउनका लागि प्रयोग गरिएको छ ।’


Advertisment
Nabil box
Kumari

वरिष्ठ नेता पौडेलले ठूला ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको आरोप लगाए । उनले बिना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिन शुरू गरेबाट आर्थिक अनियमितता भएको पुष्टि हुने पनि बताए ।

Vianet communication
Laxmi Bank

उनले भने, 'ठूला ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको छ । बिना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिने काम भएको छ । ठूला-ठूला आयोजना ठूला-ठूला मान्छे मिलेर मात्र भएका छन् ।’  

पौडेलले मुलुक सत्ता र पैसाको दुष्चक्रमा फस्न लागेकोमा चिन्ता व्यक्त गरे । ‘अहिले मुलुकलाई सत्ता र पैसाको दुष्चक्रमा फसाउन लागिएको छ,' उनले भने, 'हिजो सरकारमा पुग्ने वित्तिकै कांग्रेसले गाँउबाट विकास सुरु गर्यो । बाटो, बिजुली, पानी शिक्षा स्वास्थ्य गाँउ गाँउमा हामीले पुर्याएको हो । हामीले गाँउ गाँउमा विकासको सुरुवात गर्न थालेसँगै गाँउगाँउमा मान्छे काट्न थालियो । मान्छे काट्नेहरु सबै एकैठाँउमा पुगेर सत्ता सञ्चालन गरेपछि अहिले विकास के भएको छ । बाहिर एउटा कुरा गर्ने अनि काम चाँही अर्कै गर्ने नेताहरुदेखि अब सचेत हुन जरुरी छ ।’

पौडेलले दुईतिहाईको सरकारले गरेका कामको हिसाबकिताब नेपाली जनताले गरेको बताउदै कम्युनिष्टहरु चिल्ला कुरा गरेर जनता क्षणिक प्रभावमा परेको बताए । 'हिजो क्रान्तिकारी कुरा गर्ने कम्युनिष्ट नेताहरुको व्यवहार अहिले के भएको छ ?' उनले प्रश्न गरे, 'कम्युनिष्टहरु झुटा कुरा गर्न सिपालु छन् । मजदुर हिमायती भन्ने सत्तामा पुग्ने अनि मजदुर माथि नै प्रतिबन्ध लगाउने कम्युनिष्टहरुको चरित्र हो । दासताको युग थियो त्यो समाप्त भयो ।'

अहिले कम्युनिष्टको युगमा सवै वराबरी भयो भन्ने जनताले सोचेको तर त्यसो नभएको पौडेलले दाबी गरे । 'अहिले कम्युनिष्टहरु नै नयाँ वर्ग जन्मिएको छ,' उनले भने, 'हिजो सामान्य जनता जहाँको त्यही छ अहिले कम्युनिष्ट पार्टीको सदस्यको रवाफ कहाँ पुगेको छ ।’
 

पौडेलले दुई तिहाईको जनमत निरकुंश शासन चलाउनका लागि प्रयोग गर्न लागिएको भन्दै चिन्ता व्यक्त गरे ।

‘नेताहरुलाई प्रश्न गर्न नपाउने कानून ल्याउन खोजिदैछ,' पौडेलले आरोप लगाए, 'मानवअधिकार आयोगको अधिकार कटौती गरीएको छ । हरेक सम्बैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ । त्यो संविधानको विपरित हो । अख्तियार, अदालतलाई तर्साउन खोजिदैछ । जनताले दिएको दुईतिहाईको मतलाई निरकुंश शासन चलाउनका लागि प्रयोग गरिएको छ ।’

नेता पौडेलले सबै पार्टीको सहमतिमा बनेको नागरिकता ऐन फेर्ने नहुने कांग्रेसको धारणा रहेको पनि बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x