आफूमाथि १५ वर्षको उमेरमा बलात्कार भएको हलिउड अभिनेत्री मूरको भनाइ

काठमाडौं – हलिउड अभिनेत्री डेमी मूरले १५ वर्षको उमेरमा आफूमाथि घरमै बलात्कार भएको बताएकी छन् । आफ्नी आमालाई ५०० डलर दिएको दाबी गर्ने पुरुषले बलात्कार गरेको उनले बताइन् । 

५६ वर्षीया यी अभिनेत्रीले आफ्नो संस्मरण इन्साइड आउटका बारेमा गूड मर्निङ अमेरिकासँग सीधासीधा कुरा गर्ने क्रममा यो दाबी गरेकी हुन् । 


Advertisement

डायन सयरसँग कुरा गर्दै उनले आफू घरमा आउँदा आमाले चिन्ने एक पुरुष बसिरहेको बताइन् । 

उसले मूरलाई बलात्कार गरेपछि उनकी आमाले उनलाई बेचेको बताएको खुलासा गरिन् । किताबमा उनी लेख्छिन्, ‘त्यो बलात्कार थियो । अनि मलाई ध्वस्त बनाउने धोका उक्त व्यक्तिको क्रूर प्रश्नमा झल्कियो : तिम्री आमाले तिमीलाई ५०० डलरका लागि वेश्या बनाउँदा कस्तो लाग्छ ?’


Advertisement

मूरका अनुसार, उनकी आमा जँड्याही थिइन् र उनी किशोरी हुँदा आमाले बारहरूमा लग्ने गर्थिन् ताकि पुरुषहरूले उनलाई ध्यान दिऊन् । आमाको मृत्यु सन् १९८८ मा भयो । 

उक्त व्यक्तिलाई विश्वास गर्नुहुन्छ त भन्ने प्रश्नमा मूरले भनिन्, ‘भित्री हृदयबाट भन्दा, हैन । आमाले उसबाट सीधासीधा पैसा लिनुभएको हैन । तैपनि उहाँले त्यो व्यक्तिको पहुँच मसम्म दिनुभयो र ममाथि अत्याचार गर्ने अवसर दिनुभयो ।’

मूर सन् १९९० को दशकको सफल अभिनेत्री हुन् । उनले गोस्ट, अ फ्यु गूड मेन र इनडिसेन्ट प्रपोजल लगायतका सफल फिल्ममा अभिनय गरेकी थिइन् । उनले आफ्नो पुस्तक आफ्नी आमा अनि आफ्ना पूर्वपति ब्रुस विलिससँगको सम्बन्धबाट जन्मेका तीन छोरीलाई समर्पण गरेकी छन् ।

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्