सिप्रदीले मिसेलिनको टायर नेपाल भित्र्यायो

काठमाडौं-सिप्रदी ट्रेनिङ कम्पनीले फ्रान्सेली टायर कम्पनी मिसेलिनका उत्पादनलाई नेपालमा लञ्च गरेको छ । 

मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमबीच ट्रेडिङले मिसेलिन टायर लञ्च गरेको हो । 


Advertisement

१३० वर्ष पुरानो टायर कम्पनीका उत्पादनलाई सिप्रदीले नेपाल भित्र्याएको हो । 

कम्पनीले विश्वभरका १७० देशमा यो टायर निर्यात गर्छ भने ६९ देशमा चाहिँ यसको उत्पादन हुन्छ । 

विश्वमै यो कम्पनीले दुई पांग्रे सवारीदेखि हवाइजहाजसम्मको टायर उत्पादन गर्छ । 

कम्पनीले दुई पांग्रे र ट्रक-बससम्मको टायर नेपाल भित्र्याएको हो । 

 

 

 

कमेन्ट गर्नुहोस्