सुनको भाउ निरन्तर बढ्दै, आज कति छ मूल्य ?

काठमाडौं–नेपाली बजारमा सुनको भाउ निरन्तर बढेको छ ।

बुधवार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । मंगलवार छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।


Advertisement

बुधवार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

महासँघका अनुसार, बुधबार चाँदी प्रतितोला ८ सय ९०  रुपैयाँमा कारोबार भैरहेको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 


Advertisement

कमेन्ट गर्नुहोस्