सुनचाँदीको भाउ घट्यो, कति छ आजको मूल्य ?

काठमाडौं– नेपाली बजारमा विहीवार सुनचाँदीको भाउ घटेको छ  ।

विहीबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । अघिल्लो दिन (बुधबार) छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो । 


Advertisement

विहिवार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

महासँघका अनुसार, विहिवार चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो । 

कमेन्ट गर्नुहोस्