आलियासँग फिल्म खेल्न मानेनन् प्रेमी रणवीर कपूरले

काठमाडौं – सञ्जय लीला भन्सालीले आलिया भट्टलाई राखेर बनाउन खोजेको फिल्म इन्शाअल्लाह नबनिकनै बन्द भएको छ । 

अब भन्सालीले आलियालाई गंगूबाई फिल्ममा खेलाउने भएका छन् । मुम्बईको कुख्यात कमाठीपुरा वेश्यालयकी म्याडम गंगूबाईको जीवनीमा यो फिल्म बन्दैछ । 


Advertisement

गंगूबाईलाई सानै उमेरमा वेश्यावृत्तिमा लाग्न बाध्य बनाइएको थियो । पछि उनी अन्य महिलालाई वेश्यावृत्ति गराउने दलाल बनिन् । उनका ग्राहकहरू कुख्यात अपराधी र डन थिए । 

फिल्मको लीड रोलमा रणवीर कपूरलाई लिने चर्चा चलेको भए पनि रणवीरले फिल्म खेल्न नमानेको बताइएको छ । 


Advertisement

सूत्रका अनुसार, रणवीरले भन्सालीसँग पहिला पनि फिल्म खेल्न मानेका थिएनन् र अहिले पनि त्यो सम्भावना छैन । ब्रह्मास्त्र फिल्ममा आफ्नो जोडी कस्तो जम्छ भन्ने हेरेपछि मात्र आलिया र रणवीरले अन्य फिल्ममा जोडी बाँधेर खेल्ने योजना बनाएका छन् । 

हुसैन जैदीको उपन्यास माफिया क्वीन्स अफ मुम्बईमा आधारित फिल्म गंगूबाईको शूटिङ छिट्टै शुरू हुँदैछ ।

एजेन्सी
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्