फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
बुटवल – रुपन्देहीको तिलोत्तमामा लगानी सम्मेलन शुरू भएको छ ।
बिहीवार आयोजित विशेष समारोहबीच नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सम्मेलनको उद्घाटन गरे ।
सम्मेलन उद्घाटन समारोहमा प्रचण्डले गौतमबुद्ध जन्मस्थल लुम्बिनी, बेलहिया नाका, अन्तर्राष्ट्रिय विमानस्थल लगायत पूर्वाधारका कारण तिलोत्तमा नगरपालिकामा लगानीको वातावरण रहेको बताए । उनले तिलोत्तमाको विकासले समग्र रुपन्देही र प्रदेश ५ कै विकास र समृद्धिमा योगदान दिनसक्ने विश्वास व्यक्त गरे ।
नेकपाका महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले लगानीका लागि बुटवल र तिलोत्तमा आसपासको क्षेत्र मुलुककै आकर्षक स्थान भएको बताए । लुम्बिनीलाई केन्द्रमा राख्दै प्रदेश ५ को समग्र विकास गर्न सकिने उनले बताए ।
‘रुपन्देहीमा लगानीमार्फत बुटवल–बेलहिया, बुटवल–पोखरा, बुटवल–नारायणग र बुटवल–कोहलपुर कनेक्टिभिटी जोड्न सकिन्छ,’ रुपन्देहीका सांसद समेत रहेका पौडेलले भने, ‘भारतीय सीमा नाकालाई व्यवस्थित गरी अन्तरदेशीय व्यापार प्रवद्र्धनका लागि पनि यो क्षेत्र महत्त्वपूर्ण स्थल हो ।’ विगत नाकाबन्दीको समयमा पनि यही क्षेत्रले सामना गरेको उल्लेख गर्दै पौडेलले प्रतिफल सुनिश्चितताका लागि लगानी गर्न आह्वान गरे ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीको वातावरण बनाउन सम्बन्धित ऐन कानून बनाइसकेको र संसारभरका लगानीकर्तालाई आह्वान गरिसकेको बताए । लगानीमैत्री वातावरण बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको उनले बताए ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीमा गरिने लगानीबाट लगानीकर्ताले राम्रो प्रतिफल पाउने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले स्थानीय तहमा पहिलोपटक तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेर संघीयतामा स्थानीय तह पनि सक्षम छन् भन्ने सन्देश दिएको बताए ।
‘केन्द्रीकृत र एकात्मक मानसिकता संघीय सरकारले नत्यागेसम्म लगानीमैत्री वातावरण बन्न सक्दैन,’ उनले भने ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तह र जनप्रतिनिधि भ्रष्टाचारमा डुबेको आरोप लागिरहेका बेला तिलोत्तमा नगरपालिकाले देशभरका स्थानीय तहका लागि अनुकरणीय काम गरेर देखाएको बताए ।
कार्यक्रममा रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र रुपन्देही १ का प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा लगायतले निधक्क भएर लगानी गर्न आग्रह गरे ।
सम्मेलन आयोजक तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सम्मेलनमा कृषि, उद्योग, पर्यटन, यातायात र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित २२ परियोजना प्रस्ताव गरिएको जानकारी दिए । ‘कम्तिमा १० परियोजनामा सम्झौता हुने अपेक्षा गरेका छौं, सम्झौता हुने परियोजनालाई नगरपालिकाले ३०–४० वर्षसम्म लिजमा जमिन उपलब्ध गराउने र जग्गा भाडा प्रतिकट्ठा ५ हजार रुपैयाँ मात्र तोकेका छौं,’ घिमिरले भने ।
सम्मेलनमा तिलोत्तमा एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र (कोल्ड स्टोरसहित), तिलोत्तमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र, तिलोत्तमा ११ गणेशनगरमा ढाक्रेबास एकीकृत पर्यटकीय आयोजना, मिनी नेपाल, तिलोत्तमा क्यान्सर अस्पताल, तिलोत्तमा रेल्वे (रिङरोडमा) लगायत प्रस्ताव रहेका छन् ।
करीब ५० अर्ब लगानी भित्र्याउने उद्देश्यसहित २२ परियोजना अघि सारेर नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो । नगरपालिकाले न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने उद्योग तथा परियोजनालाई ५ वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत छूट दिने जनाएको छ ।
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...