सुनको भाउ झनै घट्यो, कति छ आजको मूल्य ?

काठमाडौं – नेपाली बजारमा मंगलवार सुनको भाउमा ८ सय रुपैयाँले गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलवार छापावाल सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार छापावाल सुनमा ८ सय रुपैयाँको गिरावट आएको हो । सोमवार छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो । 


Advertisement

यस्तै मंगलवार तेजावी सुन प्रतितोला ६८  हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

महासंघका अनुसार, मंगलवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलवार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 
 


Advertisement

कमेन्ट गर्नुहोस्