माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
चीनलाई एकान्तवासबाट बाहिर आउन र संसारको सबभन्दा ठूलो आर्थिक महाशक्ति बन्न ७० वर्षभन्दा कम समय लागेको छ ।
चीनले जनवादी गणतन्त्र स्थापनाको वर्षगाँठ मनाइरहँदा कसरी उसको परिवर्तनले अभूतपूर्व रूपमा धन आर्जन गर्यो र असमानतालाई गहिरो बनायो भनी विश्लेषण गरिँदैछ ।
‘कम्युनिस्ट पार्टीले चीनलाई नियन्त्रणमा लिँदा देश निकै गरीब थियो,’ चिनियाँ अर्थतन्त्रविज्ञ क्रिस ल्युङ बताउँछन् ।
‘उसका व्यापारिक साझेदार थिएनन्, कूटनीतिक सम्बन्ध थिएन र चिनियाँहरू आफैंमा निर्भर थिए ।’
विगत ४० वर्षमा चीनले ऐतिहासिक रूपमा बजार सुधार गर्दै व्यापारिक मार्ग खोल्यो र लगानी भित्र्यायो र यसबाट करोडौं मानिसलाई गरीबीबाट बाहिर ल्यायो ।
सन् १९५० को दशक बीसौं शताब्दीको सबभन्दा ठूलो मानवीय विपतमध्ये एक थियो । माओत्से तुङको अग्रगामी छलाङले चीनको कृषि अर्थतन्त्रलाई तीव्र गतिमा औद्योगिकीकरण गर्न खोजेपनि त्यो असफल भयो । सन् १९५९ देखि १९६१ सम्म एकदेखि चार करोड मानिसको मृत्यु भयो । मानव इतिहासमा यो सबभन्दा महंगो भोकमरी थियो ।
त्यसपछि सन् १९६० को दशकमा ल्याइएको सांस्कृतिक क्रान्तिमा आर्थिक अवरोध आयो । माओले कम्युनिस्ट पार्टीमा आफ्ना शत्रुहरू पन्छाउनका लागि सांस्कृतिक क्रान्ति ल्याएका थिए तर त्यसले देशको सामाजिक तन्तु नै नष्ट गरिदियो ।
तर सन् १९७६ मा माओको मृत्युपछि देङ श्याओपिङले अर्थतन्त्रलाई पुनर्गठन गर्न थाले । कृषकहरूलाई आफ्नो जमीनमा खेती गर्ने अधिकार दिइयो । यसले गर्दा जीवनस्तर सुधार भयो र खाद्य संकट हुन छोड्यो ।
सन् १९७९ मा अमेरिका र चीनबीच कूटनीतिक सम्बन्ध पुनःस्थापित भएपछि विदेशी लगानीको ढोका खुल्यो । सस्तो श्रम र कम भाडाको फाइदा उठाउन विदेशीहरूले चीनमा पैसा खन्याउन थाले ।
‘चीनमा सन् १९७० को अन्त्यदेखि हामीहरूले कुनै पनि देशको आर्थिक इतिहासमा भएको अद्भुत चमत्कार देख्न पाउँछौं,’ स्ट्यान्डर्ड चार्टर्ड बैंकका ग्लोबल चीफ इकोनोमिस्ट डेभिड मानले भने ।
सन् १९९० को दशकमा चीनले तीव्र गतिमा वृद्धिदर कायम गर्यो अनि सन् २००१ मा विश्व व्यापार संगठनमा प्रवेश गरेपछि उसले अर्को फाइदा उठायो । अन्य देशसँगका व्यापार अवरोध र आयातशुल्क घटाइयो अनि चिनियाँ सामान सबैतिर पाउन थालिए ।
‘त्यसपछि चीन संसारको कार्यशाला बन्यो,’ मानले भने ।
लन्डन स्कूल अफ इकोनोमिक्सका यी आँकडा हेर्नुस् : सन् १९७८ मा चीनको निर्यात १० अर्ब थियो जुन विश्व व्यापारको १ प्रतिशतभन्दा कम हो ।
सन् १९८५ सम्ममा त्यो अंक २५ अर्ब डलर पुगिसकेको थियो अनि त्यसको २० वर्षभन्दा कम अवधिमा निर्यात ४.३ खर्ब पुग्यो । यसले चीनलाई वस्तु कारोबारको सबभन्दा ठूलो राष्ट्र बनायो ।
आर्थिक सुधारका कारण करोडौं चिनियाँहरूको भाग्य चम्कियो ।
विश्व बैंकले ८५ करोड मानिसलाई चीनले गरीबीबाट उठाइएको बताएको छ । चीनले सन् २०२० सम्ममा निरपेक्ष गरीबी अन्त्य गर्ने बाटोमा छ ।
त्यसै समयमा शिक्षा दर पनि बढेर गयो । सन् २०३० सम्ममा चीनको कामदारमध्ये २७ प्रतिशतले विश्वविद्यालयीय शिक्षा पाउने स्ट्यान्डर्ड चार्टर्डले प्रक्षेपण गरेको छ ।
तर आर्थिक सफलताको फल चीनका सबै १.३ अर्ब मानिसले चाख्न पाएका छैनन् ।
महाधनी मानिस र मध्यमवर्गको उदयसँगै गरीब गाउँले समुदाय पनि छन् । कामदार समूह कम क्षमतायुक्त र बढ्दो उमेरको छ । असमानता गहिरिएको छ अनि विशेषगरी शहर र गाउँबीचको खाडल बढ्दो छ ।
‘पूरै अर्थतन्त्र विकसित भएको भन्न मिल्दैन, विभिन्न भागमा विशाल अन्तर छन्,’ मानले बताए ।
विश्व बैंकका अनुसार, चीनको प्रतिव्यक्ति आय अझै पनि विकासशील देशकै जस्तो छ र विकसित अर्थतन्त्रको औसतभन्दा एक चौथाइ कम छ ।
चीनको औसत वार्षिक आय १० हजार डलर जति छ जुन अमेरिकाको ६२ हजार डलर जतिभन्दा निकै कम हो ।
चीन अहिले सुस्त वृद्धिको चरणमा छ ।
वर्षौंसम्म उसले निर्यातमा रहेको निर्भरता घटाउने प्रयास गरिरहेको छ र उपभोगवादी वृद्धितर्फ अघि बढेको छ । चिनियाँ सामानप्रति संसारमा माग घटेको र अमेरिकासँग व्यापारयुद्ध लम्बिएको लगायतका नयाँ चुनौती उसले खेप्नुपरेको छ । जनसांख्यिक परिवर्तन र बूढो हुँदै गएको जनसंख्याका कारण पनि देशको आर्थिक भविष्यमा बादल छाएको छ ।
तैपनि चीनको आर्थिक वृद्धि ५ देखि ६ प्रतिशतमा रह्यो भने उक्त देश विश्वको आर्थिक वृद्धिको सबभन्दा शक्तिशाली योगदानकर्ता हुनेछ ।
चीनले वैश्विक आर्थिक विकासमा नयाँ आयाम कोरिरहेको छ । पेटी सडक पहलमार्फत उसले संसारभरि विकास संरचनामा व्यापक लगानी गरेको छ र त्यसैमार्फत राष्ट्रनिर्माणको नयाँ अध्याय लेखिरहेको छ ।
नयाँ रेशममार्ग भनिएको परियोजनाले संसारको लगभग आधा जनसंख्यालाई र वैश्विक कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत भागलाई सम्पर्कमा ल्याउनेछ । यसमार्फत संसारभरि व्यापार र लगानीका सम्पर्कसूत्रहरू स्थापना गरिनेछ ।
बीबीसीमा प्रकाशित भर्जिनिया ह्यारिसन र डेनियल पालुम्बोको विश्लेषण
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...