मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
काठमाडौं – नेपाली राजनीतिमा कृष्णबहादुर महराको पहिचान सबैलाई मिलाउन सक्ने, मिलनसार र भद्र नेताको रुपमा स्थापित थियो ।
संवादमार्फत आफ्ना कुरा राख्न सक्ने र अन्य दललाई पनि स्वीकार्य व्यक्ति भएकाले महरा सरकारसँग वार्ता गर्न तत्कालीन विद्रोही नेकपा माओवादीको तर्फबाट वार्ता टोलीको संयोजक बने ।
महरा संयोजक रहेको वार्ता टोलीले सरकारसँग वार्ता गरेर सहमति जुटायो । त्यतिबेला चर्चा भयो, ‘महरा र कृष्ण सिटौला जस्ता कुशल व्यक्तिका कारण शान्ति प्रक्रियाका जटिल कुरा पनि सहज भए ।’ महराकै नेतृत्वमा २०६३ माघ १ गते तत्कालीन नेकपा माओवादी अन्तरिम व्यवस्थापिका संसदमा गयो ।
भर्खर शान्ति प्रक्रियामा आएको माओवादीका कतिपय सांसदले संसदभित्र जाँदा हतियार लैजान हुँदैन भन्नेसम्मको ख्याल राखेनन् । अन्तरिम व्यवस्थापिकाको रुपमा रुपान्तरित संसदमा लोकेन्द्र बिष्टले हतियार लिएर गएपछि विवाद बढ्यो । संसदमा अवरोधको स्थिति सिर्जना भयो । त्यो बेला महराले कुशलतापूर्वक समाधान निकाले । यस्ता कैयौ घटनामा महराले मिलाउने कोसिस गरे ।
शान्ति प्रक्रियामा कुशल भूमिका खेलेवापत महराले सधैभरि पुरस्कार पाए, सभामुख पद पनि त्यसैको ब्याज रहेको तत्कालीन माओवादी वृत्तभित्र चर्चा चल्छ । माओवादी शान्ति प्रक्रियामा आएपछिका १३ वर्षमा अधिकांश समय सत्ताको वरिपरि रहे उनी । माओवादीमा उनी मात्र मन्त्री बन्ने र अवसर एकै व्यक्तिले लिएको भन्दै आलोचकले उनलाई ‘माओवादी भित्रका गच्छदार’को संज्ञा दिए ।
१३ वर्षको बीचमा महराले पटक–पटक सञ्चार मन्त्रालय, गृह, परराष्ट्र र अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर पाए । माओवादीले सशस्त्र जनयुद्ध शुरू गर्नुअघि समेत संसदमा गएको र संसदीय लोकतन्त्रमा अभ्यस्त भएको भन्दै महरालाई सभामुखको जिम्मेवारी दिइयो तर उनी संसदमा मात्रै अभ्यस्त देखिएनन्, उनी अभ्यस्त रहेको गोप्य पाटो खुलेपछि उनलाई ठूलो धक्का लाग्यो ।
महरा साम्राज्यमा ७ रेक्टरको भूकम्प
आम नेपालीको घरमा दशैंको रौनक शुरू भएको छ तर राज्यको उच्च ओहोदामा रहेका अति विशिष्ठ पदाधिकारी (भीभीआईपी) महराको राजनीतिक उचाइमा बज्रपात परेको छ । जनताको सार्वभौम निकाय संसदको सभामुख जस्तो गरिमामय पदमा रहेका महराले बलात्कार आरोपमा राजीनामा दिनुपर्ने स्थिति आइलागेको छ । बुढ्यौली उमेरमा पलाएको मातले उनलाई राजनीतिक रसातलमा पुर्याइदिएको छ ।
महरा बलात्कार आरोपमा मुछिएको समाचार पढेका नेकपाका केही नेता आश्चर्यमा परिरहेका थिए । ‘महरा सर देशको प्रधानमन्त्री र पार्टीको नेतृत्वमा पुग्नुहुन्छ भन्ने विश्वास थियो, समाचार पत्यार लागिरहेको छैन,’ नेकपाका एक नेताले भने, ‘महरा सरबाट त्यो किसिमको हर्कत होला भनेर पत्याउन नसकिने कुरा हो, दिनदशा लागेपछि कसैको केही नलाग्दो रहेछ ।’
बाहिरी दुनियाँमा महरा समकालीन नेतामध्ये सालीन र भद्र स्वभावका व्यक्ति हुन्, सायद त्यो भद्रता औपचारिक मात्रै थियो । बाहिरी स्वभाव भद्र भएपनि नशाले मानिसलाई कति बिगार्छ र कहाँ पुर्याउँछ भन्ने उदाहरण बनेका छन् महरा ।
अरुलाई मिलाउने महरा आफैं चुके !
माओवादी शान्ति प्रक्रियामा आइसकेपछिका केही प्रकरणमा महराको नाम जोडियो । शिविरमा बसेका माओवादी लडाकूको नाममा दिइएको रकमका दुरुपयोग भएको भन्दै माओवादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो । लडाकू शिविरमा भएको भनिएको घोटालामा पनि महराको नाम जोडियो ।
प्रधानसेनापति प्रकरणलाई लिएर पुष्पकममल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएको केही समयमै माओवादीले फेरि सरकार गठनको पहल गर्यो । त्यसक्रममा माओवादीले मधेश केन्द्रीत दलका सांसदको सहयोग लिन खोजेको थियो । सांसदलाई आर्थिक प्रलोभनमा पार्न चिनियाँ व्यापारीसँग महराले कुराकानी गरेको अडियो सार्वजनिक भयो ।
लडाकू शिविरमा घोटाला, चिनियाँ व्यापारीसँगको विवादास्पद कुराकानीले महराको सत्तारोहण रोकिएन, बरु फलिफाप नै भयो । कुनै बेला चीन परस्तको आरोप लागेका महरा केही समयमा भारतसँग निकट भए । ‘चीन र भारतको सन्तुलन मिलाउन सकेकै कारण महरा सधैभरि शक्तिमा रहन सफल भए,’ पूर्व माओवादी खेमाका एक नेता भन्छन् ।
२०७३ सालमा केपी ओली सरकार गिराउनमा महराको भूमिका रहेको पूर्व एमालेका नेताहरू सम्झिन्छन् । ओली सरकार विस्थापित गरेर बनेको प्रचण्ड नेतृत्वको सरकारमा महरा अर्थमन्त्री बनेका थिए । त्यहीँ कार्यकालमा महराले आर्थिक रुपमा पनि आफूलाई ‘उत्थान’ गरेको नेकपाका नेताहरू टिप्पणी गर्छन् ।
भारत र चीनलाई सन्तुलन मिलाउन सफल भएकै कारण प्रचण्डपछिको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी परराष्ट्र मन्त्री बने । महरामाथि कहिले दिल्लीको त कहिले बेइजिङको भरिया बनेको आरोप लाग्यो तर पनि उनले सन्तुलन मिलाए ।
सभामुखका रुपमा भने महराको भूमिकालाई लिएर न सरकार सन्तुष्ट थियो, न प्रतिपक्ष । प्रतिपक्षप्रति बढी उदार भएको सत्तारुढ दलको आरोप थियो भने सत्ताको लाचार छायाँ भएको कांग्रेसको आरोप थियो । केही संसदीय मूल्य, मान्यता र परम्परालाई महराले कुल्चेका थिए ।
सदनमा प्रतिपक्ष उभिएको समयमा विधेयक पारित गरेर महराले विगतमा कांग्रेसले गरेको गलत परम्परालाई निरन्तरता दिएका थिए । सभामुखको कार्यशैलीप्रति विमति जनाउँदै कांग्रेसले सदनको बैठक समेत बहिष्कार गरेको थियो ।
राजनीतिमा चतुर खेलाडी महरा यसपटक भने आफैं चिप्लिए, सायद भविष्यमा उठ्न नसक्ने गरी । उनीमाथि लागेको बलात्कार जस्तो गम्भीर आरोपका कारण महराले राजनीतिक पुनर्जीवन पाउने सम्भावना अत्यन्त क्षीण छ ।
बाटो बिराएका महरा सर !
माओवादी पृष्ठभूमिका नेताहरू महरालाई ‘महरा सर’ शब्दले सम्बोधन गर्छन् । पूर्णकालीन राजनीतिमा होमिनुपूर्व माओवादी उद्गम थलो रोप्लामा महराले लामो समय शिक्षण पेशा अँगालेका थिए । २०१५ असार १५ गते रोल्पाको लिवाङमा जन्मिएका महरा २०३५ सालदेखि राजनीतिमा लागेका थिए ।
महराका धेरै विद्यार्थी सांसद, मन्त्रीदेखि राजनीतिक उच्च ओहोदामा पुगिसकेका छन् । उनीहरू अहिले पनि महरालाई सर नै सम्बोधन गर्छन् । माओवादीमा अन्य नेताले कमरेड सम्बोधन पाएपनि महरा भने सर नै थिए, सभामुख बन्दा समेत । उनकै पूर्व विद्यार्थी र एक कर्मचारीमाथि गरिएको व्यवहारका कारण महराको राजनीतिक उचाइ र त्यो शाख शून्यमा झरेको छ । ती महिलाको मोबाइलमा समेत महराको नम्बर ‘एम सर’बाट सेभ गरिएको थियो ।
महिलामाथि जबरजस्तीको आरोप लागेपछि सोमवार सभामुखको सचिवालयले विज्ञप्ति प्रकाशित गरेर ढाकछोप गर्ने कोसिस गर्यो तर मंगलवार बसेको नेकपा सचिवालय बैठकले सभामुख र प्रतिनिधि सभाको सदस्य दुवैबाट राजीनामा दिन सुझाव दिएपछि पदमा बसिरहने नैतिकता सकियो । मंगलवार दिउँसो उनले राजीनामा दिए – अनुसन्धान नसकिँदासम्मको लागि भनेर ।
घटनाको समाचार सार्वजनिक भएको लगभग २० घण्टाको अन्तरालमा विकसित भएको राजनीतिक उचारचढावपछि महराले राजीनामा दिएका छन् । मंगलवार बसेको नेकपा सचिवालय बैठकको सुझाव अनुसार महराले सभामुख पदबाट राजीनामा दिए, सःशर्त । ‘अनुसन्धान नसकिँदासम्म’ भनेर राजीनामा पत्रमा शर्त राखेपनि राजीनामा बुझाउनासाथ स्वतः महरा निवर्तमान सभामुख भइसके ।
नेकपा सचिवालय बैठकमा प्रस्तुत विवरणबाट महरा आइतवार राति ती महिलाको डेरामा गएको पुष्टि भयो । पति घरमा नभएको बेला एक्लै महिलालाई भेट्न राति–राति सभामुखजस्तो सम्मानित व्यक्ति डेरामा जानु नै गलत भएको निष्कर्षमा नेकपा सचिवालय पुग्यो र उनलाई राजीनामा दिन सुझाव दियो । ती महिलाले भने जस्तो जबरजस्ती करणी भए/नभएको प्रहरी अनुसन्धानले बताउला तर नेकपाको ‘राजनीतिक फैसला’ले महरालाई दोषी देखाइसकेको छ । महराले राजनीतिक आचरण, सामाजिक मर्यादा कायम राख्न नसकेको नेकपाको ठहर छ ।
२०३५ सालमा विद्यार्थी मोर्चाबाट राजनीति शुरू गरेका महराको राजनीतिक करिअर ३६ वर्षपछि रसातलमा पुगेको छ । देशका १ जना चतुर राजनीतिक खेलाडी महराको राजनीति अवशान भएको छ । महरामाथि लागेको आरोप गम्भीर प्रकारको भएकाले उनले सफाइ पाउने सम्भावना न्यून छ । कानूनी रुपमा उनले सफाइ पाउलान्/नपाउलान्, त्यो भविष्यले बताउने छ तर उनको राजनीतिक भविष्यमाथि यो घटना सदैव कालो धब्बाको रुपमा रहिरहने छ । महरा सरले लेखेको यो पाठ राजनीतिक आन्दोलनमा लागेर ‘सांस्कृतिक विचलन’मा डुबेका सबै नेताका लागि गतिलो शिक्षा हुन सक्छ ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...