‘यूनाईटेड सिमेन्टको उपहार सररर कार’ योजना अन्तर्गतको लक्की ड्र सम्पन्न

काठमाडौं – यूनाईटेड सिमेन्टस् प्रा.लि. को ग्राहक योजना ‘यूनाईटेड सिमेन्टसको उपहार सररर कार’ अन्र्तगतको लक्की ड्र मंगलवार कार्यक्रम सम्पन्न भएको छ । 

गत बैशाखदेखि असार मध्यसम्म लागु गरिएको ग्राहक योजना अनुसार ५ जोडीलाई दुवई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप हुन्डाई स्यान्ट्रो कार उपहार लक्की ड्र बाट छनोट गरिने उद्योगको योजना अनुसार सो कार्यक्रम सम्पन्न भएको हो । 


Advertisement

यस अनुसार कुपन नं. १५७८७ स्यान्ट्रो कार बिजेता बन्न सफल भएको छ भने कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुवई भ्रमणको उपहार विजेता बनेका छन् ।

यो उपहार बिजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचय पत्र सहित २०७६ कात्र्तिक ३० गते भित्र यूनाईटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरि उपहार दाबी गरिसक्नु पर्ने उद्योगले जनाएको छ । 
 


Advertisement

कमेन्ट गर्नुहोस्