दुर्घटनामा २ जनाको मृत्यु

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

प्रतिकात्मक तस्वीर

बुटवल – रूपन्देहीको बुटवलमा शुक्रवार २ छट्टाछुट्टै दुर्घटनामा परी २ जनाको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–१२ नयाँगाउँमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु३०प २३२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बुटवल गोलपार्कका गणेश अधिकारीको मृत्यु भएको छ । 


Advertisement

गम्भीर घाइते अधिकारीको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक हस्टिलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईले बताए ।

बुटवल–१० रामनगरमा लु४४प ७६५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम नखुलेको अन्दाजी ५५ वर्षीय पुरूषको मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
मृत्यु हुनेको पहिचान हुन नसकेको डीएसपी भट्टराईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्