कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
गलेश्वर – रोजगारका सिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले दशैंतिहारलाई लक्षित गरी जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थामा दैनिक ३ करोडसम्म विप्रेषण पठाउने गरेका छन् ।
असोजको पहिलो सातासम्म सामान्य भीडभाड रहेका वित्तीय संस्थामा ३ दिन सामान्य अवस्थाभन्दा ४ गुणा बढेको बैंक तथा वित्तीय संस्थाले जनाएको छ ।
दशैंतिहारलाई लक्षित गरी पठाएको विप्रेषण लिन सदरमुकाम बेनीसहित जिल्लाका अन्य व्यापारिक केन्द्रमा दैनिक विप्रेषण लिन आउनेको भीड लागेको थियो ।
विश्वका विभिन्न देशमा रहेका म्याग्दीवासीले परिवारलाई खानपिन, लत्ताकपडासहित घरायसी खर्चलाई लक्षित गरी २० हजारदेखि ३ लाख रुपैयाँसम्म विप्रेषण पठाउने गरेको गरिमा विकास बैंक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगानाले बताए ।
जिल्लामा ४ वटा शाखा रहेको गरिमाको बेनी शाखाले मात्रै दशैंको अवधिमा करीब ५ करोड रुपैयाँको कारोबार गर्ने जनाएको छ । गरिमाले वार्षिक करीब १ अर्बको हाराहारीमा गरिमाले विप्रेषण भुक्तान गर्ने बताउँदै यस वर्ष विगतको तुलनामा बढेको जनाएको छ ।
जिल्लामा रहेका सेवाप्रदायक संस्थाले दिएको तथ्यांकअनुसार प्रतिव्यक्ति न्यूनतम १० हजारदेखि ५ लाख रुपैयाँसम्म वितरण भइरहेको लोकदीप बचत तथा ऋण सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताए ।
उनले सहकारीमार्फत वार्षिक ६ करोडको विप्रेषण वितरण गर्ने गरिएपनि दशैंको मौसममा अत्यधिक रहेको बताए । जिल्लामा सार्क राष्ट्रका साथै युरोप, अमेरिकासहित खाडी मुलुकबाट विप्रेषण भित्रिने गरेकामा करीव ७० प्रतिशत विप्रेषणको हिस्सा खाडीमुलुक रहेको छ ।
खाडी मुलुकबाट भित्रिने विप्रेषण घरायसी खर्चमै सीमित हुने गरेकोसमेत सेवाप्रदायक संस्थाले जनाएका छन् ।
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...