मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
काठमाडौं–यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं जिल्ला अदालतको स्वीकृतिपछि महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले महरालाई आइतवार नियन्त्रणमा लिएको हो ।
महरामाथि संसद् सचिवालयमै काम गर्ने एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप छ ।
ती महिलाले प्रहरीमा किटानी जाहेरी समेत दिइसकेकी छन् ।
उपसभामुखलाई दिनुपर्छ जानकारी
संविधानको धारा १०३ मा संसद्को विशेषाधिकारसम्बन्धी व्यवस्था छ, जसले 'संसद्मा बोलेको कुनै पनि कुरा, दिएको मत आदिका आधारमा सांसदलाई पक्राउ गरी थुनामा राख्न वा अदालतमा कारवाही चलाउन पाइँदैन' भन्छ ।
तर, धारा १०३ कै उपधारा (६) मा फौजदारी अभियोग लागेका सांसदलाई पक्राउ गर्न सकिने उल्लेख छ । पक्राउको सूचना भने सम्बन्धित सभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने हुन्छ ।
उपधारा (६) मा भनिएको छ–'संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिनेछैन ।
तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानूनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ ।'
अहिले संघीय संसद्को अधिवेशन अन्त्य भएको अवस्था छ । महरा सदस्य रहेको प्रतिनिधि सभाको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गरिरहेकी छन् ।
यसरी सदस्यलाई पक्राउ गरेको सूचना प्राप्त भएपछि संसद्को अध्यक्षता गर्ने व्यक्तिले सदनलाई गराउनुपर्ने प्रतिनिधि सभा नियमावलीमा उल्लेख छ ।
सदन चालू नरहेको अवस्थामा भने सूचना पत्रमा सूचना प्रकाशन गरी जानकारी गराउनुपर्ने नियमावलीको नियम २२५ मा उल्लेख गरिएको छ ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...