पेट्रोल पम्प बन्द नगर्न आयल निगमको निर्देशन

फाइल तस्वीर

काठमाडौं –दशैंको समयमा पेट्रोल पम्पहरू बन्द नगर्न व्यवसायीहरूलाई नेपाल आयल निगमले निर्देशन दिएको छ ।  

दशैंको समयमा पेट्रोल पम्पहरू बन्द हुँदा पेट्रोलियम पदार्थ खरिदमा समस्या परेको जनगुनासो आएपछि सोमवार एक विज्ञप्ती जारी गर्दै निगमले यस्तो निर्देशन दिएको हो । 


Advertisement

निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, वडादशैंका समयमा कतिपय पेट्रोल पम्पहरू बन्द भई पेट्रोलियम पदार्थ खरिद गर्न समस्या परेको उपभोक्ताहरूबाट जनगुनासो प्राप्त हुन आएकाले दशैंका छुट्टिका समयमा समेत आफ्ना पेट्रोल पम्पहरू खोलि आम उपभोक्ताहरूलाई सर्वसुलभ रूपमा पेट्रोलियम पदार्थ विक्री वितरण गरी सहयोग गरिदिनु हुन निगमका समस्त पेट्रोलियम पदार्थ व्यवसायी÷विक्रेताहरूसंग नेपाल आयल निगम लिमिटेड हार्दिक अनुरोध गर्दछ ।’
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्