मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
असोज २२, २०७६
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भव्य र ऐतिहासिक रूपमा सफल हुने विश्वास व्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार राजधानीमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुँदैछ, भ्रमण ऐतिहासिक हुनेछ,’ उनले भने ।
भ्रमणका क्रममा दुई देशबीच केरुङ–काठमाडौं रेल्वेसम्बन्धी सम्झौता पनि हुने प्रष्ट पारे ।
२३ वर्षअघिको चीन र २३ वर्षपछिको चीनमा धेरै परिवर्तन आएको सुनाउँदै भट्टराईले अहिले चीनको राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा पनि भूमिका हिजोकोभन्दा फरक रहेको बताए ।
उनले भने, ‘विश्वकै दोस्रो शक्तिशाली राष्ट्र हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण लामो समयको प्रतिक्षा थियो ।'
उनले वर्तमान सरकार निर्वाचित भएर आइसकेपछि विदेश सम्बन्ध र उच्चस्तरीय भ्रमण आदानप्रदानमा पनि निकै फड्को मारेको दाबी गरे ।
‘विगतमा हामीलाई छिमेकीसँगमात्रै भ्रमण केन्द्रित रहेको भनेर आरोप लगाउने गरिएको थियो, तर यो सरकार आइसकेपछि हामीले युरोपीयन मुलुक, दक्षिण पूर्वी एसियाली मुलुकहरूमा पनि सक्रियताका साथ सम्बन्ध अघि बढायौं ।’
अहिले उच्चस्तरीय भ्रमण आदानप्रदानको क्रम बढिरहेको उनको भनाइ छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...