×

NMB BANK
NIC ASIA

रुपन्देही –सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा गत शनिबार गुडिरहेको बसमा ढुङ्गा खस्यो । पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुवाहक बस गन्तव्यमा पुग्नै लाग्दा माथिबाट एक्कासि ढुङ्गा खसेपछि बसमा सवार सबै यात्रु चिच्याए । ढुङ्गा खसेर बसको अगाडिको भागमा बज्रिँदा बसका चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ बस्ने ३५ वर्षीय कमल राउत गम्भीर घाइते भए । बसमा सवार अन्य यात्रु भने सकुशल नै रहे । 

Muktinath Bank

झण्डै चार हप्ताअघि भदौ २७ गतेका दिन यही सडकखण्डकोे सिद्धबाबा क्षेत्रमा एकैचोटि दुई वटा गाडी पहिरोले पु¥यो । पाल्पातर्फ जाँदै गरेको लु१ज २६१७ नंको जीप र पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु२च ५९३८ नंको स्कारपियो पहिरोले पुरिँदा गुल्मी छापचौरका कमल सुनारले ज्यान गुमाए । अन्य चार जना घाइते भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो घटनाको ठीक एक महीना अगाडि गत असार २८ गते सिद्धबाबा क्षेत्रमै पहिरोमा परेर पाल्पा मित्यालका धनबहादुर सुनारीले ज्यान गुमाए । लु५०प ४६७१ नंको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गर्दा सुनारी पहिरोमा परेका थिए । पहिरोसँगै बगेर भिरमा अड्किएका सुनारीको शव ३ घण्टापछि प्रहरीले भिरबाट निकालेको थियो । 


Advertisment
Nabil box
Kumari

हिउँद होस् या बर्खा सिद्धबाबा क्षेत्रमा गइरहने पहिरोले यहाँको यात्रा निकै कष्टकर र त्रासदीपूर्ण बन्ने गरेको छ । यात्रु तथा सवारी चालकले ज्यान जोखिममा राखेर यात्रा गर्नु परेको गुनासो गर्छन । “सिद्धबाबा त अहिले सारै डरलाग्दो  भयो, सडक पार नगर्दासम्म कहाँनिर ढुङ्गा खस्छ भनेर गाडी कुदाउनुपर्छ”, विगत १० वर्षदेखि बुटवल–तम्घास–अर्घाखाँची रुटमा सवारी चलाउँदै आएका कुलबहादुर रास्कोटी भन्छन्, “अब यो सडकको विकल्प खोज्नुपर्छ ।”

Vianet communication
Laxmi Bank

मौसम खराब हुने बित्तिकै सिद्धबाबामा पहिरो र ढुङ्गा खस्ने भएका कारण बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जातर्फ जाने सवारी चालकहरु डराउँछन् । पानी परेका बेला त्यतातिर गाडी जान मान्दैनन्, गए पनि ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता छ, बुटवल पाल्पा बस काउन्टरका कर्मचारी जोग बहादुर श्रेष्ठ भन्छन् ।

सिद्धबाबा क्षेत्र हुँदै प्रत्येक दिन सानाठूला गरी चार हजार एक सय सवारी गुड्ने गरेको दोभान प्रहरी चौकीका हवल्दार पाराशोर डाँगीले जानकारी दिए । बुटवल बसपार्कबाट पाल्पाका लागि दैनिक ५२ वटा बस छुट्छन् । तीमध्ये नौ वटा पाल्पाका खानीगाउँ, दर्लम, बतासे लगायतका स्थानमा पुग्छन् । प्रत्येक १५÷१५ मिनेटमा सिद्धबाबाको जोखिमयुक्त सडक पार गरेर सवारी चालक र यात्रुहरुले यात्रा गर्ने गर्छन । “अप्ठ्यारो भनेर के गर्नु हरेक दिन यात्रा गर्नुपर्ने बाध्यता छ, सिद्धबाबा पुगेपछि यात्रु पनि सारै डराउँछन्”, लु२ख ४२९८ नंको बसका सहचालक नारायण बहादुर राना भन्छन्, “सिद्धबाबा भिर कटेपछि बल्ल सास फेर्छौं ।”

“बुटवल आउने काम परिरहन्छ तर सिद्धबाबाको सडकले सातो लैजान्छ, न त हिँडेर निर्वाह हुन्छ”, पाल्पा तानसेनकी मैना सुवेदी भन्छिन्, “भगवान्को नाम जपेर यात्रा गर्छु ।” सिद्धबाबा क्षेत्र हुँदै पश्चिम नेपाल बस व्यवसायी प्रालीका झण्डै ३०० गाडी आवतजावत गर्ने गरेको अध्यक्ष दधिराम खरेल बताउँछन् । “सडकको अवस्था ज्यादै नाजुक भयो”, अध्यक्ष खरेल भन्नुहुन्छ, “सरकारले सडकको विकल्प खोज्नुपर्छ ।”

सिद्धबाबा सडकको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले वैकल्पिक सडकका रुपमा बुटवलदेखि चरङ्गे हँुदै झुम्सासम्मको सडक निर्माण प्रक्रिया शुरु गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव नुरमोहम्मद खाँ बताउँछन् । यो सडक निर्माणका लागि रु १० करोड बजेट विनियोजन भएको उनको भनाइ छ ।

 सिद्धबाबा सडकको जोखिम सधँैका लागि अन्त्य गर्न सरकारले सुरुङ मार्गको प्रक्रिया अगाडि बढाएको पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले जानकारी दिए । “सिद्धबाबा सडकको विषयलाई सरकारले गम्भीर रुपमा लिएर सुरुङ मार्गको प्रक्रिया अगाडि बढाएका छौँ”, उनले भने, “केही महीनामै टेन्डर गर्ने तयारी छ ।” निरा गाैतम/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x