मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संस्थामा भयंकर आर्थिक संकट आइलागेको र कर्मचारीहरूलाई अर्को महिनाको तलब खुवाउन गाह्रो परेको बताएका छन् । उनले सदस्य राष्ट्रहरूलाई आफूले दिन बाँकी रहेको पैसा दिइहाल्न आह्वान गरे ।
राष्ट्रसंघले विगत एक दशकमा सबभन्दा खराब घाटा बेहोरिरहेको गुटेरेसले मंगलवार बताए । उनले राष्ट्रसंघको साधारणसभामा सन् २०२० को प्रस्तावित बजेटको बारेमा बोल्ने क्रममा यो कुरा बताएका हुन् ।
राष्ट्रसंघले नोभेम्बर महिनामा तलब खुवाउने पर्याप्त नगद नरहेको स्थितिबाट आरम्भ गर्ने चेतावनी दिए । ‘हाम्रो काम र हाम्रा सुधारहरू जोखिममा छन्,’ उनले भने ।
स्थापनाको ७५ औं वर्षगाँठ मनाइरहेको राष्ट्रसंघले विश्व व्यवस्थामा परिवर्तन आउँदा अनेक किसिमका चुनौतीको सामना गरिरहेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघको बजेटमा अमेरिकाको योगदान कटाएपछि त्यहाँ बजेट अभाव चर्केको हो ।
गुटेरेसले जनवरी महिनादेखि खर्च कटौती गर्न थालिएको बताए । खर्चकटौती नगरेमा यूएनले अर्को वर्षको सेप्टेम्बर महिनामा साधारणसभा गर्न समेत पैसा नपुग्ने उनले बताए ।
राष्ट्रसंघमा अहिले नयाँ कर्मचारी राखिएको छैन र कर्मचारीले अत्यावश्यक यात्रा मात्र गर्न पाएका छन् ।
सीएनएनबाट
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...