कात्तिक २५, २०८०
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं – परिवार बसाउन चाहने पुरुषहरूले पकाइएको गोलभेंडा खान वैज्ञानिकहरूले सुझाव दिएका छन् ।
गोलभेंडाको दुई चम्चा घोल मात्र लिँदा पनि वीर्यको क्षमतामा सुधार आउने एक अध्ययनले देखाएको छ ।
त्यसको प्रमुख इन्ग्रेडिएन्ट लाइसोपिन हो जसले गोलभेंडालाई रातो रंग दिन्छ । त्यसले रक्तचाप घटाउने र पुरुषहरूमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउने विश्वास गरिन्छ ।
वैज्ञानिकहरूले एउटा चक्कीमा लाइसोपिन राखे अनि दिनमा दुईपटक लिन पुरुषहरूलाई भने । तीन महिनापछि पुरुषहरूको वीर्यक्षमता बढेको पाइयो ।
अध्ययनमा समावेश गरिएका पुरुषले लिएको लाइसोपिन पकाइएको गोलभेंडाको पाँच क्यान खाएबराबर हो ।
गोलभेंडा खाँदा वीर्यको पौडिने क्षमता, आकार र आयतनलाई बढाउँछ । यसले गर्दा पुरुषहरूलाई सन्तान जन्माउन थप राम्रो अवसर दिनेछ ।
अध्ययनका वरिष्ठ अथर र शेफील्ड विश्वविद्यालयमा एन्ड्रोलोजीका प्राध्यापक एलन पेसीले भने, ‘केही पुरुषलाई ट्याब्लेट खान दिइयो अनि केहीलाई चाहिँ झूटोमुटो औषधि दिइयो । उनीहरूको वीर्यमा कुनै भिन्नता होला भन्ने कुरा हामीले अपेक्षा गरेका थिएनौं । हामीले परिणामको विश्लेषण गर्दा म झण्डै कुर्सीबाट लडें । ट्याब्लेट खाएका पुरुषको वीर्यको आकार र आयतनमा नाटकीय सुधार आएको पाइयो ।’
अध्ययनमा १९ देखि ३० वर्षका ५६ जना स्वस्थ पुरुषलाई सहभागी गराइएको थियो । तीमध्ये आधाको वीर्य कम गुणस्तरको थियो ।
आधीलाई लाइसोपिन क्याप्सुल दिइयो र उनीहरूले त्यो क्याप्सुल एक गिलास पानीका साथ बिहान र बेलुका लिए । बाँकी आधीलाई चाहिँ उस्तै देखिने क्याप्सुल दिइयो जसमा केही पनि औषधि थिएन ।
एजेन्सी
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...