सिन्धुपाल्चोक बस दुर्घटना अपडेट, चालकसहित ११ को मृत्यु [तस्वीरहरू सहित]

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा मृतकको संख्या कम्तीमा ११ पुगेको छ ।

चालकसहित ११ को मृत्यु भएको उद्दार कार्यमा खटिएका नितान्त नेपालले लोकान्तरलाई बताए । घटनास्थलमा ५ जनाको 


Advertisement

शव फेला परेको छ भने धुलिखेल अस्पतालमा २ जना पुरुष, २ जना महिला र १ बालकको शव राखिएको पत्रकार देवराज केसीले जानकारी दिए । एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नं.को बस आज बिहान सडकबाट २०० मिटर तल खस्दा दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।


Advertisement

करीब ७० जना सवार भएको उक्त बस दुर्घटना हुँदा पचासभन्दा बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिए ।

क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ ।  

थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए । स्थानीयवासी आचार्यका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ ।

घाइतेको उद्दारका लागि हेलिकप्टर र स्काभेटर परिचालन गरिएको छ ।

हेर्नुहोस् तस्वीर - 

 

 

कमेन्ट गर्नुहोस्