×

NMB BANK
NIC ASIA

सन्दर्भ : प्रहरी दिवस

शहीद प्रहरीका परिवारलाई संगठनबाटै बेवास्ता : एकदिन सम्मान, पछि खोज न खबर !

असोज २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम- रुकुमको  ईलाका प्रहरी कार्यालय रुकुममा कार्यरत रहंदा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्धीका प्रहरी हवलदार अभिराम ठाकुरले वीरगति प्राप्त गरेका थिए । २०५७ साल चैत्र १९ गते तत्कालिन माओवादी विद्रोहीसँग दोहोरो भिडन्तका क्रममा ठाकुरले वीरगति प्राप्त गरेका थिए । शहीद ठाकुरका श्रीमती पुनिता देवी ठाकुरले आफ्नो परिवारलाई जसोतसो गुजारा गरेर पालेकी छन् । 

Muktinath Bank

दुई छोराहरु चन्द्र भुषण ठाकुर, प्रकाश भुषण ठाकुर र एक छोरी मनिषा कुमारी ठाकुरलाई पालनपोषण गर्न अत्यन्त दुख गर्नु परेको शहीद पत्नी पुनिता ठाकुर बताउँछन् । ‘मासिक १३ हजार रुपैयाँ पेन्सन पाउने गरेको भएपनि उक्त पेन्सनको रकमबाट घर परिवारको गुजारा चलाउन धेरै नै कष्ट भइरहेको छ,’ प्रहरी दिवसको अवसरमा संघीय प्रहरी इकाई कार्यालय जनकपुरमा पुगेकी ठाकुरले लोकान्तरसँग भनिन्, ‘सरकार वा राज्य वा आफ्नै प्रहरी संगठनले वर्षमा १ दिन मात्र खोज्ने गर्छ । त्यसपछि के गर्दैछन् भन्ने कुराको कुनै खोज खबर पनि प्रहरी संगठनले गर्दैन ।' श्रीमानको निधन भएपछि ७ लाख रुपैयाँ पाएको भए पनि त्यस एता कुनै पनि आर्थिक सहयोग नपाएको उनले बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय भोजपुरमा दरबन्दी भई भोजपुरको पाँचधरे गाविसमा माओवादीसँगको भिडन्तमा परेर धनुषा लक्ष्मीनिवासका प्रहरी सहायक निरीक्षक नाथन बहादुर तामाङ भनिने बहादुर तामाङले ज्यान गुमाए । २०६२ साल असार ८ गते उनले ज्यान गुमाएका थिए । उनको मृत्युपछि बुवा बिर्ख बहादुर तामाङ, श्रीमती गङ्गादेवी तामाङ, छोरी पूजा तामाङ, किरण कुमारी र छोरा राजेश कुमार पुरापुरी बेसहारा भए । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

‘जसोतसो परिवारको गुजारा गरेकी छु,’ शहीद पत्नी गंगाले लोकान्तरसँग भनिन्,‘अहिले उहाँ जीवित भएको भए एसपीसम्म भइसक्नुहुन्थ्यो ।’ सरकार होस् वा आफ्नै प्रहरी संगठनले समेत आफूहरूलाई बेवास्ता गर्दै आएकोले ती दुखका दिनहरू भनि साध्य नरहेको उनी बताउँछिन् । पेन्सनको  रकम त घर भाडामै सकिने गरेको उनी बताउँछिन् ।

अमर शहीद प्रहरी परिवारका सन्तान कुन अवस्थामा छन्, पढाइमा के समस्या भयो भन्नेबारे पनि प्रहरी संगठनले कहिल्यै खोज खबर नगरेको उनी बताउँछिन् । ‘साढे ७ लाख रुपैयाँ हामीलाई सरकारले दिएको होइन,’ गंगाले भनिन्, ‘त्यो त बर्दी लगाएर सेवा गरे बापत पाउनुपर्ने सेवा अवधिको अनुदान पाएको हो । सरकारले हामीलाई डेढ लाख रुपैयाँ मात्र दिएको छ ।' 

महोत्तरीको मटिहानी नगरपालिका १ धिरापुर घर भएका ट्राफिक प्रहरी राधेश्याम रायले २०५९ साल भदौ १९ गते वीरगति प्राप्त गरेका थिए । सर्लाहीको संग्रामपुरमा कार्यरत हुँदा माओवादीसँग भिडन्त हुँदा उनले वीरगति प्राप्त गरेका थिए । उनका श्रीमती गुन्जन रायले आफ्नो ३ वटा सन्तानलाई पालनपोषणका लागि अरू मानिसहरूको घरमा गएर काम गरेको दुखेसो व्यक्त गरिन् ।

राजनीतिक दलका तर्फबाट शहीद परिवारलाई सरकारले १० लाख रुपैयाँ दिएका छन्, तिनका सन्तानको पढाइलेखाइदेखि रोजगारीसम्म दिने गरेको तर आफूहरूलाई राज्यले पूर्ण रूपमा बेवास्ता गरेको उनी बताउँछिन् ।

धनुषाको क्षिरेश्वरनाथ  नगरपालिका महेन्द्रनगर घर भएका प्रहरी हवल्दार केशव गिरी २०५५ साल साउन २४ गते वीरगति प्राप्त गरेका थिए । सिन्धुपाल्चोकको प्रहरी चौकी मानेखर्कमामा दरबन्दी भई इलाका प्रहरी कार्यालय मेलम्चीमा कार्यरत हुँदा उनले बीरगति प्राप्त गरेका थिए । उनको वीरगति पश्चात परिवारको पुरापुरी जिम्मेवारी उनका श्रीमती धनकुमारी गिरीको काँधमा आइपर्‍यो । दुई छोरीहरू ममता गिरी, मनिता गिरी र छोरा किशोर गिरीलाई पालनपोषण गर्न समस्या त थियो नै तर एउटा सवारी दुर्घटनामा उनका सन्तान अपाङ्गताको शिकार भएपछि थप समस्या उत्पन्न भएको छ । 

‘सवारी दुर्घटनामा परेर आफ्नो छोरा-छोरी अपांग भए,’ शहीद पत्नी धन कुमारी गिरीले लोकान्तरसँग भनिन्,‘धरानमा उनीहरूको उपचार गर्नमै १९ लाख रुपैयाँ लाग्यो ।’ ठक्कर दिने गाडी फरार भएका कारण सबै उपचार खर्च आफैंले बेहोर्नुपर्‍यो । भएको सबै जग्गा जमिन बेचेर सन्तानको उपचार गरें,’ उनले आँसु झार्दै भनिन्,‘अब जसोतसो गुजारा चलाउन एउटा सानो पसल सञ्चालन गरेकी छु ।’ सरकारले आफूलाई अहिलेसम्म १ रुपैयाँको पनि आर्थिक सहयोग नगरेको उनले बताइन् । मासिक पेन्सन १२ हजार रुपैयाँले के हुन्छ भन्दै उनले भनिन्,‘देशको लागि ज्यान दिने प्रहरीलाई प्रहरी संगठनले नै बिर्सेपछि अरूलाई के भन्न सकिन्छ ?’

महोत्तरीको जलेश्वर नगरपालिकाको फुलहट्टा प्रकौलीका प्रहरी जवान कामेश्वर ठाकुरले सिन्धुलीको भिमानमा कार्यरत रहँदा ज्यान गुमाए । उनले २०५९ साल भदौ २२ गते ज्यान गुमाएका थिए । ‘तर हालसम्म आफ्नो श्रीमानलाई सरकारले शहीद त घोषणा गरेको छैन,’ उनका श्रीमती पुनम ठाकुरले भनिन्,‘परिवारको पालनपोषणबारे सरकारले सोध्नु त कता हो कता आफ्नो श्रीमानलाई शहीद घोषणा गराउनका लागि पटक-पटक प्रहरीको कार्यालयमा जाँदा त सुनिएको छैन ।’ उनले एक पटक साढे ७ लाख, एक पटक डेढ लाख र एक पटक १ लाख गरेर कुल १० लाख रुपैयाँ भने पाएकी छन् । उनले मासिक ९ हजार रुपैयाँ पेन्सन भने पाइरहेकी छन् ।

यी त उदाहरण मात्र हुन् । अमर प्रहरी शहीद परिवारहरूको अवस्था भने अत्यन्तै दयनीय छ । ‘सुख्खा पेन्सनले मात्र कसरी गुजारा गर्ने, उक्त पेन्सनको रकमले त १० दिनको पनि गुजारा चल्दैन,’ शहीद पत्नी गङ्गा देवी तामाङले भनिन्,‘कम्तिमा पेन्सन आफूहरूको निधनपछि सन्तानलाई निरन्तर दिए हुन्थ्यो ।’ त्यसका लागि हामीले पटक-पटक आवाज उठाएर आन्दोलन नै गर्दा आफ्नै प्रहरीले आफूहरूमाथि पटक-पटक लाठी चार्ज समेत गरेको तामाङले बताइन् । छोराछोरीको जागिर दिनुपर्ने, गृह मन्त्रालयले अमर शहीद परिवारको परिचयपत्र दिनुपर्ने, सन्तानको निशुल्क शिक्षादिक्षा तथा उपचार खर्च आदिको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर काठमाडौंमा गृह मन्त्रालय वा प्रहरी प्रधान कार्यालय छिर्न खोज्दा प्रवेश पनि नदिएको र बाहिरबाटै आफ्नै प्रहरी कर्मचारीले फर्काइदिने गरेको उनले गुनासो गरिन् ।  

'नेपाल प्रहरी स्मारक गुठी, नक्सालबाट अमर प्रहरी परिवार परिचय पत्र भनेर अमर प्रहरीका श्रीमतीलाई दिइएको छ । तर त्यो परिचयपत्रको पनि कुनै वास्ता गरिएको छैन । ‘त्यसैले नेपाल सरकारको गृह मन्त्रालयले नै परिचयपत्र दिए कम्तिमा समाजमा इज्जत प्रतिष्ठा त हुन्थ्यो,’ शहीद पत्नी ललिता देवी मिश्रले भनिन् । धनुषाको शहीदनगर नगरपालिकाको धबौली गाउँका प्रहरी जवान विनोद कुमार मिश्रले २०५९ साल अशोजमा वीरगति प्राप्त गरेका थिए । रौतहटको गौरमा दरबन्दी भएर समनपुर प्रहरी चौकीमा कार्यरत हुँदा उनले वीरगति प्राप्त गरेका थिए ।

कुनै समस्या परेर प्रहरी चौकीमा जाँदा एसपीसँग भेट समेत गर्न नदिने, परिचय पत्र देखाउँदा पनि प्रहरीले नै बेवास्ता गर्ने गरेको सबै शहीद परिवारको गुनासो छ । जुन संगठनमा आबद्ध भएर देशको लागि कर्तव्य पालनाको शिलशिलामा आफ्नो ज्यानको नै बलिदानी गर्न पछि नपरेका ती अमर प्रहरी शहीद परिवारहरूको लागि राज्यले केही पनि गर्न नसकेको उनीहरूको गुनासो छ ।  

प्रहरी दिवसको अवसरमा प्रत्येक वर्ष जनकपुरमा बोलाएर दोसल्ला ओढाएर सम्मान गर्नेबाहेक कुनै पनि सेवा सुविधा नदिएको उनीहरूको गुनासो छ । ‘प्रहरी दिवसमा आउनुपर्दा प्रहरीले फोन गरेर आउनुहोला भनेर भनिदिने गर्छन्,’ शहीद पत्नी गुन्जन रायले भनिन्, ‘कसरी आउने र कसरी फर्किनेबारे समेत ख्याल गर्दैनन्, आफैं गाडीमा भाडा तिरेर आउने गरेका छौं ।’ यस वर्ष पनि मुख्यमन्त्री लालबाबु राउतले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । 'बस् त्यति हो, अब फेरी अर्को वर्ष उनीहरूले सम्झिने हो', शहीद पत्नी पुनिता ठाकुरले बताइन् । 

कम्तिमा सन्तानको शिक्षादिक्षा, उपचार, जागिर आदिको व्यवस्था नेपाल सरकारले गरिदिओस् भन्ने उनीहरूको माग छ । साथै उनीहरूले आफूहरूले पाउने गरेको पेन्सन आफ्नो निधनपछि सन्तानले पनि पाउन् भनेर सरकारसँग आग्रह गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x